चुनाव रोक्न सकारले प्रयोग गरेको हतियार :राष्ट्रिय जनता पार्टी

चुनाव रोक्न सकारले प्रयोग गरेको हतियार :राष्ट्रिय जनता पार्टी
जनसरोकार

मधेसकेन्द्रित दलहरु मर्ज गरेर बनाइएको राजपालाई देखाएर स्थानीय तहको संख्या थप्दै सरकारले चुनावमा अन्यौल सिर्जना गरिरहेका बेला राजपाले भने चुनाव बिथोल्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

राजपाको शुक्रवार बसेको बैठकले चुनाव बिथोल्न जेठ १८ र १९ गते आम हड्तालको कार्यक्रम राखेको छ । चुनावी प्रक्रिया आरम्भ भइसकेपछि कांग्रेस माओवादी गठबन्धनले निर्वाचन कार्यक्रममाथि नै अन्यौल सिर्जना गर्नेगरी स्थानीय तहको संख्या थपेको थियो । निर्वाचन आयोगले फिल्डमा निर्वाचनका कार्यक्रम अघि बढिरहेका बेला सरकारले थपेका तहमा जेठ ३१ गते चुनाव गर्न नसक्ने जनाइसकेको छ ।

राजपालाई लक्षित गरी बैशाख ३१ गतेको निर्वाचनलाई कांग्रेस माओवादी गठबन्धनले चुनाव हुने वस्तुगत आधार हुँदा हुँदै दुई चरणमा बाँडेको थियो । पहिलो चरणको चुनाव सकिएपछि फेरि राजपालाई देखाउँदै सरकारले स्थानीय तह थप्ने निर्णय गरेको हो ।

शुक्रवार पत्रकार सम्मेलन गरी राजपाले पछि थपिएका स्थानीय तहमा पनि आफूहरु सहमत नभएको जनाएको छ । मधेसी मोर्चामा आवद्ध अर्काे घटक संघीय समाजवादी फोरमले भने अघिल्लो चरणको चुनावमै भाग लिइसकेको छ । फोरमले दोस्रो चरणको चुनावको पनि तयारी गरेको छ । यस्तै विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपाल पनि चुनावमा सहभागि हुने पक्षमा छ । सरकारले भने चुनाव विरोधी हतियारका रुपमा राजपालाई अघि सार्दै आएको छ ।

Post Comment