बत्ती नदिने तर पैसा असुल्ने सिन्धुपाल्चोकको विद्युत प्राधिकरणको हर्कतले जनता मारमा

बत्ती नदिने तर पैसा असुल्ने सिन्धुपाल्चोकको विद्युत प्राधिकरणको हर्कतले जनता मारमा
जनसरोकार

प्रदिप नेपाल, चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर एकको भेडाबारीका जनताहरु बिगत ४५ दिन अगाडीदेखि अन्धकारमा बस्न बाध्य भएका छन । विभिन्न कारण देखाउँदै आलटाल गरि प्राधीकरणले ट्रान्सफर्मर नबनाई दिँदा जनता अन्धकारमा बस्न बाध्य भएका हुन ।

केहि महिना अगाडीको हावा हुरी सहित आएको चट्याङ्गले ट्रान्सफर्मर बिग्रेपछि गाउँबासी जनताहरुको दिनचर्या सार्‍हैनै कष्टकर भएको छ । उज्यालोको मात्र समस्या नभई दैनिक जीविकोपार्जनमा समेत निकैनै असर परेको गाउबासिहरु बताउछन । भुकम्प पश्चात निर्माण, कुटानी, पिशानी, संचार लगाएतका समस्याले सताईरहेको स्थानियलाई अझ बत्ती समेत नहुदा निकै सास्ती भएको स्थानिय सर्वसाधारण नुध नारायण भण्डारी बताउँछन ।

जनताहरु आक्रोशित छन । उनिहरु भन्छन: हामि चोरेर हैन शशुल्क बत्ती बाल्छौ जबकी बिजुली नबालेको अवधीको पनि पैसा दिईरहेकाछौं भने यो लुटतन्त्र कहिले सम्म ? सम्बन्धित सरोकार वालाहररुको ध्यान केन्द्रीत होस र छिटै भेडाबारि बासिहरु उज्यालोमा बस्न पाईयोस उनिहरुको माग रहेको छ ।

Post Comment