ओलीको प्रश्नः ‘ प्रधानमन्त्रीज्यू के तपाईँको छोरा साँच्चै महान सेवासेवी हुन् ,कतिवटा विवाह गर्‍यो भने सम्मान पाइन्छ?

ओलीको प्रश्नः ‘ प्रधानमन्त्रीज्यू के तपाईँको छोरा साँच्चै महान सेवासेवी हुन् ,कतिवटा विवाह गर्‍यो भने सम्मान पाइन्छ?
जनसरोकार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाललाई ‘प्रबल जनसेवा श्री’ पदक दिने निर्णयको कडा आलोचना गरेका छन् ।

काठमाण्डु महानगरमा जित हात पारेपछिको विजय सभालाई सम्बोधन गर्दै ओलीले सोधे – ‘प्रधानमन्त्रीज्यू कतिवटा विवाह गर्‍यो भने सम्मान पाइन्छ ?’

ओलीले डाडु पन्यौ आफ्नो हातमा भएको बेला प्रधानमन्त्री पुत्रलाई समाजसेवीको रुपमा प्रसिद्ध जनसेवा श्री पदक दिइएको आरोप लगाए ।

‘यो देशमा सम्मान गर्ने कांग्रेस र माओवादी बाहेक कोही छैन ?’, ओलीले भने, ‘सम्मानमा शरम व्यक्त गर्नुपर्ने । आफ्ना गुरिल्लालाई सम्मान । प्रधानमन्त्रीज्यू कतिवटा विवाह गर्‍यो भने सम्मान पाइन्छ ?’

उनले प्रधानमन्त्रीलाई लोकलाज राख्न समेत सुझाव दिएका छन् । ‘सार्वजनिक पदमा बसेपछि मर्यादा राख्नुस् । छोरालाई पुल्लपुल्याउनुस् तर यो त राज्यको ढुकटी र राज्यको तक्मा पदकको अपमान हो,’ उनले भने ।

उनले पदक वितवरणलाई एमालेले अपमानको व्यवस्था भन्दै अस्वीकार गर्ने बताए । ‘म सोध्न चाहान्छु प्रधानमन्त्रीज्यू के तपाईँको छोरा साँच्चै महान सेवासेवी हुन् ? जसले देशका लागि के गरे ?’

गणतन्त्र दिवसको अवसरमा सरकारले प्रकाश दाहाललाई प्रवल जनसेवा श्री मानपदवी दिने निर्णय गरेको थियो । तर प्रकाश दाहालले भने पदक नलिने घोषणा गरिसकेका छन् ।

 

Post Comment