गत आइतबार राती भरतपुर महानगरपालिकाको मतगणनामा मतपत्र च्यात्ने घटनामा प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने र माओवादी प्रतिनिधिबीच मिलेमतो भएको खुलेको हो ।
माओवादी प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीसँगको सेटिङकै आधारमा उनी मतपत्र च्यात्ने बेला पिसाव गर्न गएको र मतपत्र च्यात्दा घटनास्थलमा नभएका अधिकृतले कसरी मतदानस्थल कब्जा गरेको भन्दै बयान दिए ? भन्ने प्रश्नले उनी पनि मिलेमतोमा थिए भन्ने पुष्टि गर्छ । मतपत्र च्यात्दा प्रत्यक्षदर्शी रहेका सुरक्षाकर्मीले मतपत्र च्यात्ने माओवादी प्रतिनिधिलाई नियन्त्रणमा लिएपछि कसरी मत गणना केन्द्र कब्जा भएको मान्न सकिन्छ ? मतपत्र कसले च्यात्यो भन्ने नदेखेका निर्वाचन अधिकृतले माओवादीसँगको सल्लाह अनुसार पुन मतदान गराउने दुराशयले मत गणना केन्द्र कब्जा भएको रिपोर्ट बुझाएका हुन् । जवकि मतपत्र च्यात्दा प्रत्यक्षदर्शी रहेका एसपी दीपक थापाले माओवादी प्रतिनिधिले मतपत्र च्यातेको र उनीहरुलाई तत्काल पक्राऊ गरी मतगणना केन्द्रलाई सुरक्षा दिएको सार्वजनिक बयान नै दिएका छन् ।
मतगणनामा तल पर्दै गएर हार्ने निश्चित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, महान्यायाधिवक्ता रमण श्रेष्ठ र निर्वाचन अधिकृत न्यौपाने तथा माओवादी प्रतिनिधिबीचको मिलेमतोमै घटना घटाइएको अधिकृत न्यौपानेको बयानले पुष्टि हुन्छ । प्रत्यक्षदर्शी सुरक्षाकर्मीले दिएको रिपोर्टसँग बाझिनेगरी पुन मतदान गराउने माओवादीसँगको मिलेमतोमै उनले निर्वाचन आयोगलाई रिपोर्ट बुझाएका छन् । मतगणना केन्द्र कब्जा भएको, आफ्नो ज्यान जोगाउनै मुस्किल परेको उनको रिपोर्टमा छ । तर, प्रहरी रिपोर्टमा मतगणना केन्द्र कब्जा नभएको र च्यात्नेलाई नियन्त्रणमा लिइएको उल्लेख छ ।
अर्काेतर्फ निर्वाचन अधिकृत न्यौपानेको बयान आफैंमा बाझिने खालको छ । उनले एकातिर उक्त घटना हुँदा आफू वारदातस्थलमा नभएको बयान दिएका छन् भने अर्काेतिर मतगणनास्थल कब्जा भएको वताएका छन् । निर्वाचन ऐन हेरेरै कसरी मतदान दोहोर्याउन सकिन्छ त्यसैका लागि उनले मिलेमतो गरेको यसले पुष्टि हुन्छ ।