रामचन्द्र पौडेल हावी हुन नदिन देउवाको खेल, आफ्नो जिम्मेवारी निधिलाई

रामचन्द्र पौडेल हावी हुन नदिन देउवाको खेल, आफ्नो जिम्मेवारी निधिलाई
जनसरोकार

पार्टी सभापति शेररबहादुर देउवा प्रधानमन्त्री भएपछि कांग्रेसको आन्तरिक सन्तुलन फेरिने भएको छ । यसअघिको प्रतिवद्धता बमोजिम देउवाले बिमलेन्द्र निधिलाई पार्टीको उपसभापति मनोनित गर्नेछन् ।

निधिलाई कार्यबाहक सभापति समेतको जिम्मेवारी दिने देउवाको तयारी रहेको उनी निकट स्रोतले वतायो । पार्टीमा मुल्य मान्यताको राजनीति गर्ने ठानिएका रामचन्द्र पौडेललाई हावी हुन नदिन देउवाले आफूपछिको उत्तराधिकारी निधिलाई बाउन लागेका हुन् ।

देउवाले आफू प्रधानमन्त्री भएपछि कार्यवाहक सभापतिको समेत जिम्मेवारी दिने आश्वासन दिएपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट राजीनामा दिए पनि निधिले पछि राजीनामा फिर्ता गरेका थिए । कांग्रेस–माओवादी गठबन्धन बनाउन निकै ठूलो भूमिका खेलेका निधिलाई आफूपछिको वरियतामा अघि सार्दा खुमबहादुर खड्का, कृष्णप्रसाद सिटौला लगायतका नेताहरु चिढिने भए पनि देउवाले निधिलाई उपसभापति बनाएरै छोड्ने योजना बनाएका छन् । कांग्रेसमा निधिलाई नेतृत्वमा स्थापित गर्ने तयारी देउवाले गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने खिन्नता महसुस गरेका छन् ।

आफू प्रधानमन्त्री भएपछि संसदीय दलको नेतामा पौडेललाई ल्याउने आश्वासन देउवाले दिए पनि त्यो भने पूरा हुने देखिएको छैन । संसदीय दलको नेता नै प्रधानमन्त्री हुने भएकाले आफू प्रधानमन्त्री भएपछि दलको नेता परिवर्तन गर्न नैतिक नहुने तर्क देउवाले अघि सार्ने देखिएको छ ।

Post Comment