देउवा सरकारलाई राप्रपाले दियो झट्का , सरकारमा सहभागी नहुने चेतावनी

देउवा सरकारलाई राप्रपाले दियो झट्का , सरकारमा सहभागी नहुने चेतावनी
जनसरोकार

संसद्को चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले दलीय आकारअनुसारको प्रतिनिधित्व र हैसियत नपाए सरकारमा सहभागी नहुने चेतावनी दिएको छ । राप्रपाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय मागेको छ । तर, कांग्रेसले उपप्रधानमन्त्री दिन नसकिने जनाएको छ ।

‘हामीले आकारअनुसारको प्रतिनिधित्व र हैसियत पाउनुप¥यो भनेका छौँ,’ राप्रपाको वार्ताटोली संयोजक महामन्त्री जयन्त चन्दले भने, ‘राप्रपाभन्दा सानो पार्टीले उपप्रधानमन्त्रीसहित राम्रा मन्त्रालय पाउने, तर हामीलाई उपप्रधानमन्त्री पनि नदिने, राम्रा मन्त्रालय पनि नदिने अनि कसरी सरकारमा सहभागी हुने ?’

Post Comment