राजपाको आतंक : प्रहरी सवार बसमा माथि आक्रमण

राजपाको आतंक : प्रहरी सवार बसमा माथि आक्रमण
जनसरोकार

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको गोलबजारमा आन्दोलनरत राजपा नेपालका कार्यकर्ताहरूले नेपाल प्रहरी सवार एक बसमा तोडफोड गरेको छ ।

काठमाडौंबाट सुनसरीका लागि हिँडेका ना ५ ख १४४० नम्बर बस राजपाका कार्यकर्ताहरूले तोडफोड गरेका हुन् । बसमा  ‘नेपाल प्रहरी’को ब्यानर समेत झुण्डाइएको थियो ।

राजपाका कार्यकर्ताहरूले बजार बन्द गराउँदै गरेको अबस्थामा उक्त बस त्यहाँ आईपुहगेको थियो । त्यसपछि राजपाका कार्यकर्ताहरुले ढुंगामुडा गरेपछि बसको अगाडिको सिसा फुटेको छ ।

बस तोडफोडको आरोपमा प्रहरीले राजपा नेपालका एक कार्यकर्ता ललन झालाई पक्राउ गरेको छ । तोडफोडमा संलग्न अन्य ब्यक्तिको खोजी गरिरहेको गोलबजार प्रहरीले जनाएको छ ।

Post Comment