काठमाडौ राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आपत्ति जनाउनु भएको छ । राजपाका नेताद्धय महन्थ ठाकुर र अनिलकुमार झाले प्रधानमन्त्री देउवालाई सिंहदरवारस्थित उहाँकै कार्यकक्षमा भेटेर आपत्ति जनाउनु भएको हो ।
दुखीराम मेहताको निधन,नवलपरासीमा आफनो सभा माथि गोली चलाइएको,तराईमधेशमा राती छापा मारेर पक्राउ गरिएका कार्यकर्तालाई मुद्दा चलाएका,सेना परिचालन गरेको जस्ता बिषय उठाएर राजपाका नेताहरुले प्रधानमन्त्री समक्ष आपत्ति जनाउनु भएको हो।
सेना चलाएको भन्दै प्रधानमन्त्री गुहार्न पुगे राजपाका नेता
![सेना चलाएको भन्दै प्रधानमन्त्री गुहार्न पुगे राजपाका नेता](https://usnepalnews.net/wp-content/uploads/2017/06/pm-594a1844878a72.34748917-750x450.jpg)