गाउँ-गाउँमा चर्च बनाउने कमल थापाको उद्घोष

गाउँ-गाउँमा चर्च बनाउने कमल थापाको उद्घोष
जनसरोकार

राप्रपा अध्यक्ष कमल थापाले आफ्नो पार्टी गणतन्त्रकै माध्यमबाट नेपालमा विकास गर्न अघि बढ्ने बताएका छन् ।

उदयपुरको गाइघाटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रभित्रै बसेर लोककल्याणकारी राज्य निर्माणमा भूमिका खेल्ने बताएका हुन् । थापाले नेपालमा कुनै एक धर्म मान्ने मात्र नभई सर्वधर्मका अनुयायी रहेको भन्दै हिन्दू धर्म मात्र आफूहरुको मुख्य एजेण्डा नरहेको दाबी गरे ।

थापाले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी विजयी भए वृद्धवृद्धाको सामाजिक सुरक्षा भक्ता वृद्धि, उनीहरुको निः शुल्क उपचार, बेरोजगार युवाका लागि रोजगार तथा कक्षा १२ सम्म निशुल्कः शिक्षाको व्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।

हिन्दू धर्मलाई सनातन धर्मका रुपमा आत्मसात गर्दै प्रत्येक नगर र गाउँपालिकामा हिन्दूको मन्दिर, बौद्धको गुम्बा, इस्लामको मस्जिद र क्रिश्चियन धर्माबलम्बीका लागि चर्च समेत निर्माण गरिदिने दाबी गरे ।

Post Comment