‘हामी निर्वाचन विरोधी होइनौं,धोका दिएर गरिने निर्वाचनको सक्रिय विरोध गर्छौ’:-राजपा नेपाल

‘हामी निर्वाचन विरोधी होइनौं,धोका दिएर गरिने निर्वाचनको सक्रिय विरोध गर्छौ’:-राजपा नेपाल
जनसरोकार

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका नेताहरुले पार्टी निर्वाचन बिरोधी नभएको बताएका छन् । सप्तरीको मलेठमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा राजपा अध्यक्ष मण्डलका पाँचजना नेताहरुले सरकारले मधेसी जनतालाई सधै धोखा दिएको, सम्झौता गरी कार्यान्वयन नगरेको तथा बल प्रयोग गरेर दवाउन खोजेको आरोप लगाए । ‘हामी निर्वाचन विरोधी होइनौं’, उनीहरुको तात्पर्य थियो, ‘तर, धोका दिएर गरिने निर्वाचनको सक्रिय विरोध गर्छौ ।’

‘चुनावमा टक्कर दिन तयार छौ’, राजपाका नेता राजेन्द्र महतोले भने, ‘तर संशोधनपछि स्थानीय तह जनसंख्याको आधारमा पुर्नसंरचना भएपछि ।’

महतोले चुनावी प्रतिस्पर्धाको राजनीतिबाट राजपा पछाडि नभाग्ने दाबी गरे । प्रमुख दलका नेताप्रति व्यंग्य गर्दै उनले पाहुना बोलाएर गेटमा ताल्चा लगाएको दाबी गरे ।
आपूmहरु लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले चुनाव विरोधी हुन नसक्ने बताउ“दै महतोले चुनावमा भाग लिने बातावरण नहुन्जेल सहभागी हुन नसक्ने बताए ।

कार्यक्रममा राजपाका नेता शरदसिंह भण्डारीले संविधान संशोधन गरी मधेसको माग सम्बोधन नहुन्जेल देशमा स्थायी शान्ति हुन नसक्ने बताए । उनले ठूला दलले संघीयता समाप्त पार्न खोजेको बताए ।

राजपा अध्यक्षमण्डलका अर्का नेता एवं सांसद महेन्द्रराय यादबले मुख्य दलले सधै सम्झौता गर्दे मधेसी जनतालाई धोखा दिने गरेकाले कांग्रेस, एमाले र माओवादी केन्द्रमुक्त मधेस बनाउनुपर्ने बताए ।

राजपा अध्यक्ष मण्डलका नेता अनिलकुमार झाले गाउ“गाउ“ सैनिक प्रहरी राखेर गरिने निर्वाचन बैध हुन नसक्ने बताए ।

यस्तै, राजपाका अर्का नेता राजकिशोर यादबले गोर्खाली सत्ताको बिस्तारित रुपमा अहिले नेपाली राज्य सता रहेको र मधेशी जनता अझै पनि त्यही पुरानो गोर्खाली राज्य सत्तासित लडिरहेको बताए । मधेसलाई उपेक्षा गरी बनाइएको संबिधान कुनै हालतमा कार्यान्वयन हुन नसक्ने बताउ“दै यादबले स्थानीय तहको नर्वाचन सरकारको नौटंकी मात्र भएको आरोप लगाए ।

Post Comment