सुनवल विष्फोटमा घाइते कार्यकर्ताको निशुल्क उपचार गर्न माओवादीको माग

सुनवल विष्फोटमा घाइते कार्यकर्ताको निशुल्क उपचार गर्न माओवादीको माग
जनसरोकार

नेकपा माओवादी केन्द्र जिल्ला कार्यसमिति नवलपरासीले निर्वाचनका क्रममा आइतबार आयोजित र्यालीलाई निशाना बनाएर सोमनाथ पुलमा भएको विष्फोटको भत्सर्ना गरेको छ ।

माओवादी केन्द्रका इन्चार्ज घनश्याम यादवले सोमबार विज्ञप्ति जारी गर्दै सरकार र निर्वाचन आयोगको चरम लापरवाहीका कारण घटना भएको जनाएका छन् ।
उनले घटनामा घाइते भएकाहरुको निशुल्क स्वास्थ्य उपचार गर्न सरकारसँग माग गरेका छन् । सो घटनामा परि २० माओवादी कार्यकर्ता घाइते भएको माओवादीले जनाएको छ ।
आइतबार माओवादीको चुनावी र्यालीलाई लक्षित गर्दै नवलपरासीको सुनवल नगरपालिका सोमनाथ पुलमा विद्युतीय विष्फोट भएको थियो ।

Post Comment