लागुऔषध सेवन तथा कारोवारमासमेत संलग्न रहेको आरोपमा पोखरास्थित मनिपाल शिक्षण अस्पतालका चिकित्सक डाक्टर राजव रानामगर पक्राउ परेका छन् । पोखराका दुई युवालाई लागुऔषध किनेर ल्याउन भन्दै सिमावर्ती सुनौली नाका पठाएको आरोप उनीमाथि छ ।
सेवन तथा कारोवारमासमेत संलग्न रहेको आरोपमा यहाँस्थित मनिपाल शिक्षण अस्पतालका चिकित्सक डाक्टर राजव रानामगर पक्राउ परेका छन् । पोखराका दुई युवालाई लागुऔषध किनेर ल्याउन भन्दै सिमावर्ती सुनौली नाका पठाएको आरोप उनीमाथि छ ।
स्याङजाको वालिङ नगरपालिका ३ घर भएका रानामगरलाई कास्की प्रहरीले आईतबार दिउँसो दीपस्थित कलेज नजिकैबाट पक्राउ गरेको हो । उनले बगालेटोलका संजय गुरुङ र शितलादेवीका योनेश गुरुङलाई लागुऔषध लिन पठाएका थिए । दुई युवामध्ये संजयलाई प्रहरीले यसअघिनै पक्रेको थियो । उनैको बयानका आधारमा रानामगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
‘सुनौली पुगेका युवा लागुऔषधसहित पक्राउ परेपछि उनकै बयानका आधारमा रानामगरलाई पक्राउ गरिएको हो,’ कास्की प्रहरीका प्रवक्ता डिएसपी खड्गबहादुर खत्रीले भने, ‘यस विषयमा आवस्यक थप अनुसन्धान भइरहेको छ ।’ एमविविएसको पढाई सकेर मनिपालमा एमडी अध्ययनरत रानामगरले आफुले लागुऔषध सेवन गर्ने स्विकार गरिसकेको प्रहरी स्रोतले जनाएको छ ।
रानामगर लागुऔषधका नियमित सेवनकर्ता रहेको प्रहरीले जनाएको छ । ‘हामीले म्याद थपेर रानामगरमाथि थप अनुसन्धान गर्दैछौ,’ कास्की प्रहरी प्रमुख एसपी घनश्याम अर्यालले भने, ‘सोमबार ईदको बिदा भएकाले मंगलबार अदालत पेश गर्दैछौ ।’ पक्राउ परेकाले उनलै सुनौली पठाएको बयान दिएका र रानामगरले आफुले पनि सेवन गर्ने स्विकारेको उनले बताए ।
संजय र योनेश पोखराबाट संगै निस्किएका थिए । मुग्लिङ पुगेपछि सुनौली जाने बस चढेका योनेश केही समयमै हराएको संजयले प्रहरीसमक्ष बताएका छन । ५ दिनसम्म सम्पर्कबिहीन भएपछि योनेश परिवारले कास्की प्रहरीमा खोजीका लागि गुहारेको थियो । प्रहरीले खोजी गर्ने क्रममा संजय र उनका अर्का साथी रोहीत प्रजुलाई असार ३ मा पक्राउ गर्यो । उनीहरुको साथबाट ३४ थान लागुऔषध पनि बरामद भयो । प्रहरीले रोहितलाई भोलिपल्ट छाडिदिएको थियो । संजय भने प्रहरी हिरासतमा छन् ।
योनेश चितवनबाट हराएकोले कास्की प्रहरीले चितवनमा जानकारी गराएको थियो । असार ६ गते योनेशको शव मुग्लिङनजिकै त्रिशुली नदीमा भेटिएको थियो । तर शव सड्न थालेकाले हत्या र अन्य कुनै कारणले मृत्यु भएको भन्ने ठम्याउन नसकेपछि चितवन प्रहरीले शवको पोष्टमार्टम र भिसेरा जा“चकालागि प्रक्रिया अघि बढाएको छ ।