कैलालीमा कांग्रेस ४, माओवादी तथा फोरम ३–३ र एमाले २ स्थानमा अगाडि

कैलालीमा कांग्रेस ४, माओवादी तथा फोरम ३–३ र एमाले २ स्थानमा अगाडि
जनसरोकार

अबेर रातिसम्मको मतपरिणामअनुसार १३ तह रहेको कैलालीमा ४ ठाउँमा कांग्रेस, ३ ठाउँमा माओवादी, ३ ठाउँमा लोकतान्त्रिक फोरम र २ ठाउँमा एमालेले अग्रता लिएको छ ।
कांग्रेसले धनगढी उपमहानगरपालिका तथा गोदावरी र लम्की–चुहा नगरपालिका तथा चुरे गाउँपालिकामा अग्रता लिएको छ । यस्तै, माओवादीले घोडाघोडी र गौरीगंगा नगरपालिका तथा कैलारी गाउँपालिकामा अग्रता लिएको छ ।
फोरमले भजनी, टीकापुर र जोशीपुर नगरपालिका तथा एमालेले जानकी र बर्दगोरिया गाउँपालिकामा अग्रता लिएको छ । संचार सुविधा नभएका कारण पहाडी क्षेत्रमा पर्ने मोहन्याल गाउँपालिकाको नतिजा जानकारी हुन सकेको छैन ।
धनगढीमा वडा नम्बर १ को मतगणना भइरहँदा कांग्रेस र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । अबेर रातिसम्मको तथ्यांकअनुसार कांग्रेसले ४ सय ६६, हमालले ४ सय ३४, एमालेले ९८ र माओवादीले ९४ मत ल्याएको छ ।
यस्तै, गोदावरी नगरपालिकाको मेयरमा कांग्रेस अगाडि छ । मेयरमा कांग्रेसको ८५२, एमालेको ६ सय ५८ र माओवादी केन्द्रको ४ सय ८१ मत छ । गौरीगंगामा माओवादी केन्द्र ५ सय ९६ मतसहित अगाडि छ । सो नगरपालिकामा एमालेको ४ सय ६९ र कांग्रेसको २ सय ४७ मत छ ।
कैलारी गाउँपालिकामा पनि माओवादीले अग्रता लिएको छ । माओवादीबाट अध्यक्षका उम्मेदवारले ४ सय ६७, कांग्रेसले २ सय ६५, एमालेले १ सय ३२, राप्रपाले २ सय ७७ र लोकतान्त्रिक फोरमले अध्यक्षमा ४६ मत ल्याएका छन् ।
जानकी गाउँपालिकामा अग्रता लिएको एमालेको ७ सय ६९, कांग्रेसको ७ सय ६३ र माओवादीको २ सय ९४ मत छ । घोडाघोडी नगरपालिकामा माओवादीको अग्रता छ । मेयरमा माओवादीका उम्मेदवारको ५ सय २६, कांग्रेसको २ सय ४२ र एमालेको २ सय ९ मत रहेको छ ।
अबेर रातिसम्मको नतिजाअनुसार टीकापुरमा लोकतान्त्रिक फोरमका उम्मेदवार १ हजार २० मतसहित अगाडि छन् । त्यहाँ कांग्रेसको ५ सय २२, एमालेको ६ सय ५८ र माओवादी केन्द्रको ४ सय ८१ मत रहेको छ ।
यस्तै, लम्की–चुहा नगरपालिकामा कांग्रेस अगाडि छ । कांग्रेसका उम्मेदवारको ६ सय २७, एमालेको ५ सय ३२, माओवादीको ४ सय ४१ र लोकतान्त्रिक फोरमको ३ सय ५१ मत छ । चुरे गाउँपालिकाको अध्यक्षमा ५ सय ५४ मतसहित कांग्रेसले अग्रता लिएको छ । एमालेको ४ सय २८ र माओवादीको २ सय ८ मत छ ।
बर्दगोरिया गाउँपालिकामा अग्रता लिएको एमालेले ४ सय ४, माओवादीले २ सय ९४ र कांग्रेसले १ सय ८९ मत ल्याएको छ । भजनी नगरपालिकामा लोकतान्त्रिक फोरमको प्रारम्भिक अग्रता छ । मेयरमा फोरमले ७ सय ४४, माओवादीले ५ सय २, कांग्रेसले २ सय २२ र एमालेले २ सय १२ मत पाएको छ ।
जोशीपुर गाउँपालिकाको अध्यक्षमा फोरमको १४ सय ५७, कांग्रेसको ११ सय ६१ र माओवादीको ६ सय ५० मत आएको छ ।

जानकीनगर–९ मा एमाले विजयी
कैलालीको जानकीनगर गाउँपालिका–९ को अध्यक्षमा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । उनी ८ सय ४८ मत ल्याएर प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारलाई हराउँदै विजयी भएका हुन् । कांग्रेसका नरबहादुर कुमालले ७ सय ७६ मत ल्याए ।

Post Comment