दाङको बंगलाचुली गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका भक्तबहादुर वलीले कांग्रेसका भोजराज पाण्डेलाई ८३७ मतको अन्तरले पराजित गरेका छन् । विजयी वलीले ३३५२ मत प्राप्त गरेका छन् भने पाण्डे २५१५ मत ल्याएका छन् । त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका यमुना घर्तीले ३३७१ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका निर्मला खनालले २५६९ मत ल्याएका छन् ।