सिन्धुपाल्चोक पोखरेवेंसीमा बस दुर्घटना,२ को मृत्यु ३० घाइते

सिन्धुपाल्चोक पोखरेवेंसीमा बस दुर्घटना,२ को मृत्यु ३० घाइते
जनसरोकार

चौतारा साँगाचोकगढी नगरपालिकाको ठूलोसिरुबारीबाट काठमाडौं जाँदै गरेको बस र विपरीत दिशाबाट आइरहेको मोटरसाइकलसँग जुध्दा २ जनाको मृत्यु भएको छ । ४ जना गम्भीर र ३० सामान्य घाइते छन् । दुर्घटनामा चौतारा साँगाचौकगढी- १३ का ५ वर्षीया सुजाता नेपालीको मृत्यु भएको छ । अर्का मृतकको सनाखत हुन सकेको छैन ।

बा २ ख २७०२ नम्बरको चालीस यात्रु बोकेको बस बन्देउ चौतारा सडकखण्डको पोखरेबेसीमा बा ६४ प ३०२६ नम्बरको मोटरसाइकलसँग ठक्कर खाएको थियो । एकले अर्कोलाई उछिन्ने होडबाजीमा आइरहेको यात्रु बस र बाइक दुर्घटनास्थलबाट १५ मिटर तल खसेको प्रहरी जवान केदार तिवारीले बताए । दुर्घटना भएलगत्तै उद्धार गरी गम्भीर घाइते भएकाहरुलाई तत्काल धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘सामान्य घाइतेलाई जिल्ला अस्पताल ल्याइएको छ ,’ प्रहरी उपरीक्षक रवीन्द्र केसीले भने,‘घाइतेको परिचयबारे पूरा विवरण भने आइसकेको छैन ।’

 

Post Comment