तराई डुबाउने बाँध हटाउन भारत सरकारसँग सिधा कुरा गर्न माग

तराई डुबाउने बाँध हटाउन भारत सरकारसँग सिधा कुरा गर्न माग
जनसरोकार

व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले बाढीपहिराबाट देशका विभिन्न भागमा जनधनधको क्षति भइरहेकाले रोकथामका लागि दीर्घकालीन उपाय अवलम्बन गर्न ध्यानाकर्षण गराउनुभएको छ ।

वर्षा र भूमण्डलीय तापमानका कारण सप्तरी, सिन्धुपाल्चोक, धादिङ, कास्कीलगायत जिल्लामा बाढी, पहिरो, भारतीय बाँध, अतिवृष्टि र खण्डवृष्टिका कारण स्थानीयवासी प्रभावित हुनुपरेकाले व्यवस्थित बस्ती प्रणाली स्थापना गरी पीडितलाई उचित क्षतिपूर्ति दिन उहाँहरुको माग थियो ।

उहाँहरुले तराईका सीमावर्ती क्षेत्रमा भारतीय बाँध थुनिँदा नेपाली भूभाग जलमग्न भएकाले नेपाल सरकारले कूटनीतिक पहलबाट भारत सरकारसँग संवाद गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सभामुखसँग समय लिएर नेपाली काँग्रेसका मोहनबहादुर बस्नेत र तेजुलाल चौधरी, नेकपा (एमाले) का कृष्णभक्त पोखरेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र सांसद् डिलबहादुर नेपालीले ती विषयमा ध्यानाकर्षण गराउनुभएको थियो

Post Comment