स्थानीय तह दोस्रो चरण निर्वाचनअन्तर्गत मंगलबार दिउँसो २ बजेसम्म २ सय ८३ स्थानको नतिजा प्राप्त भएको छ । प्राप्त नतिजाअनुसार अग्रता कायम गरिरहेको नेकपा एमालेले १ सय २३ स्थानीय तहको प्रमुखमा जितेको छ । कांग्रेसले १ सय ७ र माओवादी केन्द्रले ३३ तहमा जितेका छन् ।
त्यस्तै नेपाल लोकतान्त्रिक फाेरम ४, राप्रपा ३, संघीय समाजवादी फोरम नेपाल ३, राष्ट्रिय जनमोर्चाले २ र स्वतन्त्र एक ठाउँमा विजयी भएका छन् । असार १४ गते बुधबार ३ सय ३४ स्थानीय तहमा निर्वाचन भएको थियो । अब ५१ तहको मत परिणाम सार्वजनिक हुन बाँकी छ ।
प्रदेश नं. १ र ५ मा एमाले अगाडि देखिएको छ भने ७ नम्बरमा कांग्रेसको अग्रता छ । एमाले उम्मेदवारले प्रदेश १ मा ५४ र ५ मा ३५ तहमा जितेका छन् । १ मा कांग्रेसको ४१ छ भने माओवादी केन्द्रले ८ तहमा जित्दा राप्रपा २ स्थानमा विजयी भएको छ । अन्य पार्टी ३ ठाउँमा विजयी बने ।
५ मा दोस्रो तहमा रहेको कांग्रेसले २९ स्थानमा जितेको छ भने माओवादी केन्द्र १९, राप्रपा १ र अन्य पार्टीहरुले १० स्थानमा जितेका छन् ।
७ नम्बर प्रदेशमा कांग्रेस ३७ स्थान जित्दै अगाडि देखिएको छ भने दोस्रोमा रहेको एमालेले ३४ तह र माओवादी केन्द्र ९ स्थान विजयी हुँदै तेस्रो स्थानमा रहेको छ ।