अमेरिकी सैनिक विमान मिसिसिपीको दक्षिणी ग्रामीण क्षेत्रमा दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। केसी–१३० नामक उक्त विमान १ सय ५० किलोमिटरको दूरी पार गरिसकेपछि दुर्घटना भएको सञ्चारमाध्यममा उल्लेख गरिएको छ।
उडानका क्रममा रहेका अन्य विमानहरूमा समेत इन्धन भर्नका लागि उक्त विमान प्रयोग गरिन्थ्यो। देशका आपत् व्यवस्थापन विभागका प्रमुखले विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
दुर्घटनाग्रस्त विमान पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ। खुला स्थानमा विमान जलिरहेको दृश्यमा समेत देख्न सकिन्छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।अमेरिकी सैनिक विमान मिसिसिपीको दक्षिणी ग्रामीण क्षेत्रमा दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। केसी–१३० नामक उक्त विमान १ सय ५० किलोमिटरको दूरी पार गरिसकेपछि दुर्घटना भएको सञ्चारमाध्यममा उल्लेख गरिएको छ।
उडानका क्रममा रहेका अन्य विमानहरूमा समेत इन्धन भर्नका लागि उक्त विमान प्रयोग गरिन्थ्यो। देशका आपत् व्यवस्थापन विभागका प्रमुखले विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
दुर्घटनाग्रस्त विमान पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ। खुला स्थानमा विमान जलिरहेको दृश्यमा समेत देख्न सकिन्छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।