पूर्वमन्त्री रामहरि जोशीको निधन

पूर्वमन्त्री रामहरि जोशीको निधन
जनसरोकार

पाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री रामहरि जोशीको बिहीबार साँझ निधन भएको छ ।

दम र निमोनियाको उपचारमा रहेका नेता जोशीको बिहीबार साँझ ७ः३० बजे ग्राण्डी अस्पतालमा निधन भएको उनका भतिजा विष्णु जोशीले जानकारी दिए । घरको शौचालयमा लडेर चोट लागेपछि उनलाई यही असार २१ गते अस्पताल भर्ना गरिएको थियो ।

सर्लाही स्थायी घर भएका उनी ललितपुरको नख्खीपोटमा आफन्तका घरमा बस्दै आएका थिए ।

विसं १९८३ मा सर्लाहीमा जन्मिएका नेता जोशी नेपाली राजनीतिमा गान्धीवादी र समाजवादी नेताका रुपमा परिचित थिए ।

नेता जोशीको शुक्रबार बिहान आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । काँग्रेसमा हालका नेतामध्ये सबैभन्दा पाका नेताका रुपमा रहेका उनी अविवाहित हुन् ।

आजीवन पार्टी र प्रजातन्त्रका लागि लडी करिब नौ वर्ष कारागारमा परेका उनी विसं २०४८ को गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए ।

Post Comment