दुवै चरणको स्थानीय चुनावमा नेपाली कांग्रेसलाई उछिनेर पहिलो पार्टी बनेको नेकपा एमालेका स्थायी कमिटी सदस्यहरुले केक काटेर खुसीयाली मनाएका छन् ।
आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा स्थायी कमिटी बैठक बस्नुअघि बिजयको खुसीयालीमा केक काटिएको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले ‘आज नेकपा एमालेको स्थायी कमिटी बैठकमा यस्तो केक पो आयो त’ भनेर केकको फोटो सार्वजनिक गरेका छन् ।
केकमा अंग्रेजीमा ‘स्थानीय चुनावको विजयप्रति बधाई’ भनेर लेखिएको छ, जसमा सूर्यको भित्र एमालेको लागो र कम्युनिस्ट पार्टीको झण्डा राखिएको छ ।
एमाले नेताहरुका अनुसार अध्यक्ष केपी शर्मा ओलीको सचिवालय आफैंले केकको व्यवस्था गरेको थियो ।
एमालेले दुवै चरणको स्थानीय चुनाव जितेर कांग्रेसलाई ४९ सिट पछि पारेको छ ।