आयल निगममा चरम भ्रष्टचार ,डेढ अर्वमा ६७ करोड रुपैयाँ घोटाला

आयल निगममा चरम भ्रष्टचार ,डेढ अर्वमा ६७ करोड रुपैयाँ घोटाला
जनसरोकार

 आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं रुपैयाँ अनियमितता भएको छ । जग्गा दलालसँगको मिलेमतोमा चल्ती भाउभन्दा दोब्बर बढी मूल्य तिरेर निगमले जग्गा किनेको हो ।

निगमले करिब एक अर्ब ६१ करोड रुपैयाँको जग्गा खरिद गर्दा चल्ती मूल्यभन्दा ६७ करोड रुपैयाँ धेरै तिरेर घोटाला गरेको हो ।

निगमले सातै प्रदेशमा इन्धन भण्डारण स्थल बनाउन करिब ६ अर्ब रुपैयाँ बजेट बिनियोजन गरेर जग्गा खरिद अघि बढाएको छ । तीमधइे भैरहवा, चितवन, सर्लाही र झापामा करिब एक अर्ब ६१ करोड रुपैयाँको जग्गा किनिसकिएको  छ ।

संसद्को उद्योग वाणिज्य तथा उपभोक्त हित सम्बन्ध समितिले सरकारी स्वामित्वको निगमलाई पूर्वाधार तयार गर्दा सकेसम्म सरकारी जग्गा नै खोज्न निर्देशन दिए पनि उसले धमाधम निजी जग्गा किनिरहेको छ ।

आजको नागरिक दैनिकमा खबर  छ ।

Post Comment