ईजरायल लगिदिन्छु भन्दै ३२ लाख ठगेर दलाल फरार, सेयर गरौँ, पक्रन सहयोग गरौँ

ईजरायल लगिदिन्छु भन्दै ३२ लाख ठगेर दलाल फरार, सेयर गरौँ, पक्रन सहयोग गरौँ
जनसरोकार

तेह्रथुम जिल्ला म्यनछेयम गाउँपालिका वडा नं ६ सिक्देम निवासी होम बहादुर थापा हाल अमेरिकामा छन । उनले बिगतमा इजरायलमा बस्दाखेरि झापा जिल्ला सतासीधाम नपा. वडा नम्बर ४ निवासी बिष्णु प्रसाद खेरलका छोरा सुभाष खरेल नाम गरेका ब्यक्तिलाइ मिति २०६४/९/२० मा आफ्ना केही मान्छेहरुलाई इजरायलमा ल्याइदिने र रोजगारीको ब्यबस्था गरिदिने सर्तमा नेपाली रकम जम्मा ३२ लाख रुपैयाँ तमसुक गरि दिएका थिए  तर निज सुभाष खरेलले मान्छेहरुलाई इजरायलमा ल्याउने त कुरै छाडौं आजको मितिसम्म होम बहादुर थापासँग सम्पर्कबिहिन भएको थापाले बताए ।

उनले दिएको उक्त रकम को सबुत प्रमाण सहित निज सुभाष खरेलको तस्बिर युएसनेपाल न्युजले पाएको छ । सम्पुर्ण मिडिया लगायत फेसबुकका साथीहरू ले यो ब्यक्ति को खोजिकार्य गरेर सहयोग गरिदिनको लागि थापाले अग्रह गरेका छन । मेहनतको कमाई लिएर सम्पर्क बिहिन भएको दलाललाई छिटो भन्दा छिटो पक्रन सहयोग गरिदिन पिडित होम बहादुर थापाले पत्रकार छत्र लकाइ खड्कालाई टेलिफोन मार्फत अमेरिकाबाट अनुरोध गरेका छन ।

Post Comment