एनआरएन अमेरिका अध्यक्ष पदमा उम्मेदवारी पेस गरेका गौरी जोशीले आफ्नो नाम पहिलो सूचीमा किन परेन निर्वाचन समितिले कुनै पनि जानकारी नदिएको बताएका छन् ।
मैले सबै प्रकृया पुरा गरेर उम्मेदवारी पेस गरेको थिएँ, मेरो निवेदन पछि निर्वाचन समितिले कुनै पनि कागजातपनि मागेको थिएन जोशीले भने विना सूचना मलाई सुचीमा राखिएन ।
६ महिना अघि देखि अनौपचारिक रूपमा एनआरएन अमेरिकाको नेतृत्वका लागि अगाडी बढेका जोशीले विना कारण आफ्नो नाम हटाइनुमा अन्याय भएको धारणा बिहीबार राती हिमालयखवरसंग बताए ।
हिजो देखि हल्लाहरु आएका थिए, मैले प्रकृया अनुसार निकै उम्मेदवारी मनोनयन गरेकाले ढुक्क थिएँ जोशीले भने ।
एनआरएन अमेरिकाको न्यायिक समितिमा यस बारेमा निवेदन परिसकेको छ जोशीले भने मलाई आशा छ मलाई अन्याय हुदैंन र एनआरएन अमेरिका प्रजातान्त्रिक विधि अनुसार अघि बढ्छ ।
एनआरएन अमेरिकालाई अझ बृहत् बनाउन मैले योगदान गरेको छु गौरीले भने अमेरिका बस्ने नेपाली समुदायको चाहना मैले बुझ्ने मौका पाएँ म सधैँ समुदाय हित प्रति प्रतिबद्ध छु ।
निर्वाचन नेतृत्व छान्ने सबैभन्दा प्रजातान्त्रिक प्रकृया हो तर, कसैलाई उम्मेदवारी बन्न निषेध गर्दा यसले संस्थाको प्रतिष्ठा माथि कुठराधात हुन्छ जोशीले भने यो मेरो लागि मात्र होइन सबैमा यही लागुहुन्छ ।
मलाई बिहीबार राती सम्पर्कमा आउने अमेरिकाका विभिन्न शहरका साथीहरूले अन्याय भएको प्रतिकृया दिईरहनु भएको छ जोशीले भने ।
साथीहरूको सल्लाह अनुसार आफू अघि बढ्ने उनले बताए । एनआरएन अमेरिका विश्वमै सबैभन्दा बढी सदस्य भएको मध्येमा पर्छ । यहाँको विवादले समग्र एनआरएन अभियानलाई समेत असर पर्न सक्ने जोशीले बताए ।