अगष्ट ५ मा ड्यालसमा एनआरएन अमेरिकाका उम्मेदवार बिच प्रत्यक्ष बहस

अगष्ट ५ मा ड्यालसमा एनआरएन अमेरिकाका उम्मेदवार बिच प्रत्यक्ष बहस
एनआरएन विशेष जनसरोकार
 भिजन फर नेपाल फाउण्डेशन, हिमालयखबर डटकम, नेपाली समाज टेक्सस लगायतका संयुक्त आयोजनामा अगष्ट ५ तारिख शनिवार ड्यालसमा  एनआरएन अमेरिकाका उम्मेदवार बिच प्रत्यक्ष बहस हुने भएको छ ।
त्यस बेला सम्म आउने नेतृत्वका लागि उम्मेदवारी दिनेको अन्तिम सूचीपनि आईसक्ने हुनाले यस्तो नेपाली समुदायलाई भोट हाल्न सहयोग पुग्ने गरी बहस राखिएको भिजन फर नेपालका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए ।
अहिले अध्यक्ष पदमा उम्मेदवारी दिने सबैले उक्त बहसमा आउने बताएको आयोजकले जानकारी दिएका छन् । यो बहस सबै मिडियाका लागि खुला गरिएको छ ।
भिजन फर नेपाल फाउण्डेशनले दुई वर्ष अघि पनि एनआरएनका अध्यक्ष पदका उम्मेदवार बिच प्रत्यक्ष बसह कार्यक्रम सञ्चालन गरेको थियो । यस पटकपनि प्रारिम्भक बहस कार्यक्रम गरिसकेको छ । बहसले मतदातालाई आगामी नेतृत्वका लागि योग्य प्रतिनिधि छान्नका लागि सहयोग गर्ने भिजन फर नेपालले जनाएको छ ।

Post Comment