माओवादी केन्द्रको दवावपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारको तयारी थालेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवाले भोलि (मंगलबार) मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको हो ।
देउवाले कांग्रेसका १०, माओवादी केन्द्रका ६, लोकतान्त्रिक फोरमका २ र नेकपा संयुक्तबाट एक मन्त्रीसहित १९ जनालाई मन्त्री बनाउने तयारीमा छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवाले कांग्रेसबाट बलबहादुर केसी, रामकृष्ण यादव, मीन विश्वकर्मा, भीष्मराज आङदेम्बे, मोहनबहादुर बस्नेत, भीमसेनदास प्रधान, रामहरि खतिवडा, सरिता प्रसाई लगायतलाई मन्त्री बनाउने तयारी गरेका छन् ।
माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, टेकबहादुर बस्नेत, रेखा शर्मा, सीता नेपाली लगायतबाट मन्त्री बनाउने तयारी रहेको स्रोतको भनाइ छ ।
फोरमलोकतान्त्रिकबाट जितेन्द्र देव र गोपाल दहित मन्त्री बन्ने पक्का छ ।
राप्रपालाई चार मन्त्रालय दिने तयारी भएको छ । तर, अध्यक्ष कमल थापाले उपप्रधानमन्त्री माग गरेका कारण सोमबार विस्तार हुने मन्त्रिमण्डलमा राप्रपाका मन्त्रीहरू सहभागी हुने सम्भावना ज्यादै न्युन छ ।
राप्रपा सरकारमा सहभागी भएन भने साना दलहरूलाई मन्त्रिमण्डलमा सहभागी गराउने देउवाको तयारी छ । देउवाको छनौटमा प्रेमबहादुर सिंह, रामकुमार खड्का, रुक्मिणी चौधरी, गंगा चौधरीमध्येबाट मन्त्री बनाउन सक्ने स्रोतको भनाइ छ ।