एनआरएन अमेरिकाको चुनावमा अध्यक्ष अोलीको नाम मुछिएपछि एमालेको अापत्ति

एनआरएन अमेरिकाको चुनावमा अध्यक्ष अोलीको नाम मुछिएपछि एमालेको अापत्ति
जनसरोकार
एनआरएन अमेरिकाको आउँदो चुनावका विषयलाइ लिएर एमालेका शीर्ष नेताहरुको नाम जोडेर प्रचारबाजी गरिएकोमा एमालेले आपत्ति जनाएको छ ।
केही सञ्चारमाध्यमहरूमा एमालेलाइ जोडेर अध्यक्ष केपी शर्मा अोलीले अध्यक्षका उम्मेदवार गाैरीराज जोशीलाइ मत मागेको भन्ने समाचार फैलिएको छ । सो समाचार सत्य नभएके जनाउँदै एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले वक्तब्य जारी गर्दै पार्टी अध्यक्ष केपी ओली लगायतका नेताको नाम जोडिएकोमा आपत्ति जनाएका हुन् ।
वक्तब्यमा एनआरएन अमेरिकाको आगामी अगष्टमा हुने चुनावमा पार्टीका अध्यक्ष लगायत बरिष्ठ नेताहरुको तस्विरसमेत राखेर अमुक उम्मेदवारको पक्षमा सामाजीक सञ्जाल, अनलाइन मिडियामा प्रचार गरेको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ ।
बक्तब्यमा भनिएको छ-‘हाम्रो पार्टी गैर आवासीय नेपाली संघलाई संसारभरि छरिएर रहेको प्रवासी नेपालीहरुको साझा चौतारीको रुपमा विकास भएको हेर्न चाहन्छ । र प्रवासी नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप र पूजीलाई हाम्रो राष्ट्रको आर्थिक विकासमा सदुपयोग गर्न चाहन्छ ।
स्वभाविक रुपले हाल अमेरिकामा हुन गइरहेको राष्ट्रिय समन्वय परिषद्को निर्वाचनको सन्दर्भमा पनि यो वा त्यो उम्मेदवारको पक्ष वा विपक्षमा खडा हुनेभन्दा पनि हामी अमेरिकामा बस्ने तपाई तमाम प्रवासी नेपालीहरुको छनौटलाई पूर्ण रुपले सम्मान गर्न चाहन्छौं र तपाईहरुले निर्वाचित गरेका प्रतिनिधिहरुलाई स्वागत गर्न तयार रहेको कुरा जानकारी गराउन चाहन्छौं ।’

Post Comment