गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन २०१७-२०१९ तातो सबैलाइ लागेको छ। अध्यक्षकी उम्मेदवार रबिना थापाको समर्थनमा सान फ्रान्सिस्कोमा आयोजित चुनावी कार्यक्रम भब्य रुपमा सम्पन्न भयो।
उत्साहित समर्थकहरुले अगष्ट १ मा लस एन्जलसमा अर्को चुनावी कार्यक्रम तथा अन्तरकृयाको आयोजना गरेका छन्। थापाका टिमका सचिव उम्मेदवार र महिला संयोजक उम्मेदवार इन्दिरा त्रिपाठी, सदस्य उम्मेदवार कर्ण चन्दको बिशेष पहलमा आयोजित उक्त कार्यक्रममा अन्य धेरै उम्मेदवारहरु पनि उपस्थित हुनेछन।
उसो त जनसम्पर्क समिति लगायत दर्जन भन्दा धेरै संघ-संस्थाका प्रतिनिधिहरुको साथ रहेको सो कार्यक्रममा उपाध्यक्षका उम्मेदवार सुमन बुढा मगरले गीत गाएर मनोरंजन समेत दिने कुरा आयोजकहरुले बताउनु भएको छ।
३० जुलाईको सान फ्रान्सिस्को कार्यक्रममा आफ्नो पक्षमा मतदाताको सोलोमोलो अपार समर्थन बटुलेको थापाको टिम उत्साहित भएर लस एन्जलसमा अपार हुने र सम्पूर्ण मतदाता एक ढिक्का बनाउने कुरा गर्छन। थापा टिमलाइ पूर्वी राज्यहरुको अपार समर्थनको लहरलाइ चुनौती दिंदै सान फ्रान्सिस्कोले जवाफमा अन्य टिमका उम्मेदवारहरुको समेत समर्थन लिन सक्य। अब पालो लस एन्जलस र टेक्सासको, अन्तमा न्यूयोर्कको !
एनआरएन अमेरिका निर्वाचन:रबिना थापा टिम सहीत पश्चिम दौडाहमा
