खाँदबारी, नेपाल । संखुवा सभा जिल्ला खाँदबारी नगरपालिका-९ मनकामना मन्दिर क्षेत्रमा आउने-जाने भक्तजनहरु तथा पर्यटनहरुका लागि बस्नको सुबिधा युक्त आय मुलक भवन र क्रियापुत्री भवन निर्माणको लागि संखुवा सभा समाज अमेरिकाको आर्थिक सहयोग र स्थानिय जनसहभागितामा निर्माण हुने आयमुलक अथिति भवन निर्माण गर्ने संखुवा सभा कम्युनिटी अफ यु एस ए अमेरिकाको कार्य समितिको निर्णय अनुसार अध्यक्ष श्रीमति शान्ति श्रेष्ठले श्रावाण २६, २०७४ साल बिहीबारका दिन (Aug 10, 2017 ) एक समाहरो बिच भवन निर्माणको शिलान्यास गर्नु भै मनकामना आश्रममा बसोबास गरि बस्नु भएका बृध्द बृध्दाहरुलाई न्यानो कपडा कम्बल र फलफुल समेत बितरण गर्नु भएको थियो ।
सो कार्यक्रममा सस्थाका सस्थापक श्री नारायण श्रेष्ठ, संखुवा सभा उद्योग बाणिज्य संघको अध्यक्ष श्री युब राज शाक्य र संखुवा सभा समाज अमेरिकाको जिल्ला संयोजक श्री किरण कुमार शाक्यको समेत उपस्थिति थियो । निर्माणको लागि पहिलो किस्ता बापत नेपाली रुपया सात लाख अध्यक्ष श्रीमति शान्ति श्रेष्ठले जिल्ला संयोजक श्री किरण कुमार शाक्यलाई हस्तान्तरण गर्नु भएको थियो ।
निर्माण सम्पन्न भए पछि संखुवा सभा समाज अमेरिकाको जिल्ला संयोजकको निर्देशनमा स्थानीय समुदायमा भवन हस्तान्तरण गरिने संखुवा सभा जिल्लाका स्थानीय र अन्य जिल्लाबाट मारी मरुमा अरुण नदीको किनारमा दाहसस्कार गरि आफनो रितितिथि अनुसार क्रियापुत्ररी बस्नका लागि आवास र मनकामना मन्दिर दर्शनार्थी भक्तजन स्वदेसी तथा बिदेशी पर्यटनहरुका लागि बस्न र खानाको भान्साघर सेवा बाट आर्थिक स्रोत जुटाई त्यहाको आम्दानीबाट रोजगारको आयाम हुने र आयमुलक अथिति भवन निर्माणको भौतिक बिकासमा सहयोग पुग्ने कुरा महासचिब हरि कुमार श्रेष्ठले जानकारी दिनु भयो ।



फोटो सौजन्य :- गङ्गा बिष्ट Guransh FM गुराँस एफ. एम