बाणिज्य मन्त्री बिश्वकर्माले भने:-कोशी ब्यारेजका सबै ढोका खुल्दा भारतको बिहार डुवानमा पर्छ

बाणिज्य मन्त्री बिश्वकर्माले भने:-कोशी ब्यारेजका सबै ढोका खुल्दा भारतको बिहार डुवानमा पर्छ
जनसरोकार

बाणिज्यमन्त्री मीन बिश्वकर्माले आज बस्ने मन्त्रीपरिषद्को बैठकले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्ने सम्भावना रहेका बताएका छन्। रफत सञ्चार क्लबमा आइतबार आयोजित साक्षात्कारमा मन्त्री बिश्वकर्माले लगातार बर्षाका कारण तराई बाढीको डुबानमा र पहाड पहिरोको चपेटामा परेको अवस्थामा सरकारले सोचे जस्तो बिपद् ब्यवस्थापन गर्न नसकेको स्वीकारे। कोशी ब्यारेजका केही ढोका खोल्न सरकारले गरेको कुटनीतिक पहल सफल भएको भन्दै उनले सबै ढोका खुल्दा भारतको बिहार डुवानमा पर्ने र त्यसो नगर्दा नेपाल डुबानमा पर्ने अवस्था रहेकाले जनाए।

लगातार बर्षाका कारण पहाड र तराई प्राकृतिक प्रकोपको चपेटामा परेको अवस्थाका कारण तेस्रो चरणको निर्वाचनलाई प्रभाव पार्न सक्ने अवस्था श्रृजना भएता पनि सरकारले बिभिन्न चुनौतिका माझ निर्वाचन सम्पन्न गर्ने उनले बताए। माघ ७ सम्म सम्पूर्ण निर्वाचन सम्पन्न नगरिए देशमा संवैधानिक संकटको अवस्था देखिने भन्दै उनले हचुवाको भरमा संसद र प्रदेशको निर्वाचन मिति घोषणा नगर्ने बताए। निर्वाचन आयोगले निर्वाचन गर्न सक्ने अवस्थामा मात्र निर्वाचन मिति घोषणा गरिने उनको भनाई थियो।

Post Comment