संविधान संशोधन विधेयक अस्वीकृत

संविधान संशोधन विधेयक अस्वीकृत
जनसरोकार

व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन विधेयक फेल भएको छ । भर्खरै सम्पन्न भोटिङमा दुई तिहाई बहुमत नपुगेपछि प्रस्ताव (फेल) भएको हो ।

संसद सचिवालयका अनुसार विधेयकको पक्षमा ३४७ मत र विपक्षमा २०६ खसेको थियो । संसदमा ५५३ सांसद उपस्थित थिए ।

संशोधन विधेयकको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा लगायत विपक्षी दलले विधेयकलाई फेल गराएका हुन् ।

राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न र तराई मधेसमा निर्वाचनको वातावरण बनाउन भन्दै सरकारले संशोधन विधेयक संसदमा प्रस्तुत गरेको थियो ।

Post Comment