बिजुलीको हाइटेन्सन तार घरमा खस्यो , एकै परिवारका ३ घाइते

बिजुलीको हाइटेन्सन तार घरमा खस्यो , एकै  परिवारका ३ घाइते
जनसरोकार

बिजुलीको हाइटेन्सन तार घरको छानामा खस्दा झापामा एकै परिवारका तीन जना घाइते भएका छन् । घाइते हुनेमा झापाको गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारीका ६४ वर्षीय चन्द्र काफ्ले, उनकी श्रीमती ४० वर्षीया राधिका काफ्ले र २० छोरी वर्षीया दमन्ता काफ्ले रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

घाइते तीनै जनाको बिर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा उपचार भइरहेको छ । घाइतेको अवस्था चिन्ताजनक रहेको हस्पिटलले जनाएको छ ।

स्थानीयका अनुसार मंगलबार बिहान ७ बजे घरमाथि रहेको बिजुलीको तार चुट्टिएर काफ्लेको घरमा खसेको थियो । टिनको छानोमाथि तार खस्नासाथ घरभित्र रहेका तीनै जनालाई करेन्ट लागेर भुइँमा लडेको घाइते चन्द्रका भाइ खगेन्द्र काफ्लेले बताए । घरभित्र खाली खुट्टा बसेकाले करेन्टले भेटेको प्रहरीको अनुमान छ ।

मंगलबार बिहान त्यस क्षेत्रमा हल्का हावाहुरीसहित वर्षा भएकाले तार चुट्टिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । पानी परेर भुइँ चिसो भएकाले करेन्ट भुइँमा पनि फैलिएको स्थानीय बताउँछन् । स्थानीयबासीका अनुसार बिजुलीको तार खस्नासाथ काफ्लेको घरको टिनमाथि आगो बलेको थियो ।
आगोले भन्छामा क्षति गरेको छ । आत्तिएर घरबाहिर भाग्न खोजेका उनीहरु करेन्ट लागेर भुँइमा लडेका हुन् । करेन्ट लागेर घरमा पालिएका चौपायासमेत मरेको बताइएको छ ।

घाइते तीनै जनाको शरीरभर चोट लागेको छ । स्थानीयका अनुसार घाइते दमन्ताको ६÷७ महिनाअघि विवाह भएको थियो । उनी तीजको दर खान माइत आएकी थिइन् ।

Post Comment