नेपाली कम्यूनिटी सेन्टरमा पौडेलले १ लाख अमेरिकी डलर दिने ,जोशी द्धारा ६१ हजार १०५ डलर दिने घोषणा

नेपाली कम्यूनिटी सेन्टरमा पौडेलले १ लाख अमेरिकी डलर दिने ,जोशी द्धारा ६१ हजार १०५ डलर दिने घोषणा
जनसरोकार
एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले नेपाली समुदायको अग्रसरमा अमेरिकाका विभिन्न सहरमा बन्न लागेका कम्युनिटी सेन्टरका लागि व्यक्तिगत रूपमा १ लाख अमेरिकी डलर (करिब १ करोड रुपैंया) दिने घोषणा गरेका छन् ।
मंगलवार न्युयोर्कमा नेपाल रिजउड सोसाइटीले निमार्ण गर्न लागेको कम्युनिटी सेन्टरका लागि १० हजार डलर सहयोग घोषणा गरेर यसको सुरुआत गरेको डा पौडेलले मंगलवार हिमालयखवरलाई जानकारी दिए ।
डा पौडेलले नेपाली समुदायले अहिलेसम्म १५ सहरमा कम्युनिटी सेन्टर निमार्ण गर्न लागेको आफूलाई जानकारी आएको बताएका छन् । कुन कम्युनिटी सेन्टरलाई कति सहयोग दिने डा पौडेलले उल्लेख गरेका छैनन् । आफूले घोषणा गरेको एक लाख डलरवाट आवश्यकता अनुसार के कति उपयुक्त देखिन्छ सहयोग दिने डा पौडेलले बताए ।
टेक्ससका व्यवसायी गौरी जोशीले अमेरिकामा विभिन्न स्थानका नेपाली कम्युनिटी सेन्टरका लागि ६१ हजार एकसय पाँच अमेरिकी डलर (करिव ६२ लाख नेपाली रुपैंया) सहयोग गर्ने घोषणा गरेका छन् ।
जोशीले मंगलवार अमेरिकाका विभिन्न शहरमा स्थापना भएका र हुने क्रममा रहेका नेपाली कम्युनिटी सेन्टरलाई उक्त सहयोग दिने घोषणा गरेका हुन् । जोशीले अमेरिकाका ११ स्थानमा बन्न लागेका कम्युनिटी सेन्टरहरू हरेकलाइ ५ हजार पाँचसय ५५ डलरका दरले सहयोग गर्ने जानकारी दिए ।
टेक्सस  ड्यालसमा स्थायी बसोवास भएका जोशी एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेदवार दिएका थिए । तर, निर्वाचन समितिले उनको नाम नराखेपछि अध्यक्षपदको दौडवाट अलग भएका थिए ।
‘मैले चुनावी अभियानका क्रममा पनि अमेरिका वस्ने नेपाली समुदायका लागि सहयोग गर्छु भन्ने बाचा गरेको थिएँ’ जोशीले भने-‘म अहिले उम्मेदवार छैन तर, पनि आफ्नो यो वाचा पुरा गर्न सहयोग घोषणा गरेको हुँ।’
एक सेन्टरलाइ एक महिनाका दरले सेप्टेम्बरबाट सहयोग दिन शुरु गर्ने जोशीले जानकारी दिए । ‘प्रत्येक महिना एउटालाई ५ हजार ५५५ अमेरिकी डलरका दरले ११ शहरका कम्यूनिटी सेन्टरलाई ६१ हजार १०५ सहयोग गर्ने छु’ उनले भने ।

Post Comment