पोखरामा दशौ पुस्तकालय दिवस मनाइयो – शिक्षासेवी प्रेम छोटा सम्मानित (फोटो फिचर)

पोखरामा दशौ पुस्तकालय दिवस मनाइयो – शिक्षासेवी प्रेम छोटा सम्मानित (फोटो फिचर)
जनसरोकार साहित्य

१५ भाद्र, पोख्ररा । “जीवनपर्यन्त शिक्षाका लागि एक स्थानिय तह: एक नमुना पुस्तकालय” नाराका साथ दशौ पुस्तकालय दिवस देशव्यापी रुपमा मनाइयो । पोखरा सार्वजनिक पुस्तकालय महेन्द्रपुलमा एक भब्य समारोहका बिच दशौ पुस्तकालय दिवस मनाइयो । उक्त अबसरमा शिक्षासेवी, पत्रकार एबम समाजसेवी प्रेम छोटालाई दोसल्ला तथा प्रमाणपत्र सहित सम्मानित गरियो ।

२०६५ साल देखी मनाईदै आएको पुस्तकालय दिवसले आज एक दशक पुरा गरेको छ । पृथ्वीनाराण शाहले नेपाल एकीकरण गर्दा प्राप्त गरेका महत्वपूर्ण हस्तलिखित ताडपत्र, भोजपत्र, ताम्रपत्र लगायत विभिन्न हस्तलिखित ग्रन्थहरु हनुमानढोका दरबारमा जम्मा गरेका थिए।

ती ग्रन्थहरुलाई संरक्षण गर्ने उद्देश्यले वि. सं. १८६९ भदौ १५ गते ‘पुस्तक चिताई तहविल’ स्थापना गर्न लालमोहर जारी गरेका थिय । प्रा. डा. त्रिरत्न मानन्धरका अनुसर यो नै पुस्तकालय सम्बन्धि हालसम्म फेला परेको पहिलो प्रामाणिक दस्तावेज हो । यसै दिनलाई आधार मानेर नेपालमा पुस्तकालय दिवस भाद्र १५ गते मनाउन थालिएको हो । २०६५ भाद्र, १५ गते देशभर पहिलो पुस्तकालय दिवस मनाइयको थियो ।

पुस्तकालय सेवाको विस्तार र विकासगर्नु साथै पेशालाई मर्यादित र सम्मानित बनाउनु यसको उद्देश्य हो । उक्त कार्यक्रमका प्रमुख जिल्ला समन्वय समिति कास्की तथा जिल्ला पुस्तकालय व्यबस्थापन समिति कास्कीका संयोजक बैनबहादुर क्षेत्री (अधिकारी) को अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका वडा अध्यक्षज्यूहरु क्रमश:वडा न २ का रामेश्वर मल्ल, वडा न ४ का शंकरप्रसाद वास्तोला, वडा न छ का जगत पहारी, पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्रा.डा. विश्व श्रेष्ठ, ज्ञानज्योति पुस्तकालय, राम बजारका अध्यक्ष माधव वराल, सहिद स्मृति पुस्तकालय, मालेपाटनका अध्यक्ष गायत्री भुर्त्याल, मणिपाल कलेज अफ मेडिकल साइन्सेज पुस्तकालयका खिम लामिछाने काजी लगायत पुस्तकप्रेमी, शिक्षाप्रेमी, समाजसेवी, पाठक एबम पुस्तकालय कर्मीहरुको बाक्लै उपस्थिती रहेको थियो ।

अग्रज समाजसेवी तथा कानूनविद् वरिष्ठ अधिवक्ता भूपनिधी पन्तले पुस्तकालय स्थापना र बिकासमा भए गरेका गतिबिधीको बारेमा जानकारी दिनु भयो ।

साथै पुस्तकायले पाठकहरुको ध्यान तान्न सक्नु पर्ने र त्यसको लागि पुस्तकालयलाई सदा आध्यावधी राख्नु पर्दछ । साथै पुस्तकालय तथा सुचना ब्यबस्थापन निर्देशिका – २०६९ ले निर्देशित गरेका निती तथा नियमहरुको बारेमा जानकारी दिनु भयो ।

कार्यक्रमका अध्यक्ष जिल्ला समन्वय समिति, कास्की तथा जिल्ला पुस्तकालय व्यबस्थापन समिति कास्कीका संयोजक बैनबहादुर क्षेत्रीले आफ्नो भनाइ राख्ने क्रममा कास्कीमा पुस्तकालयको बिकास गर्नको लागि बहस सुरु गरिने बताउनु भयो । प्रत्येक स्थ्यानिय तहमा एक पुस्तकालय निर्माण गर्ने काम ठुलो होइन, सजिलै सकिन्छ भन्नु भयो । जिल्ला पुस्तकालय व्यबस्थापन समिति कास्कीबाट सम्मानित हुनु भएका समाज सेवी प्रेम छोटा र दशौ पुस्तकालय दिवस मुल समारोह समिती काठमाडौंबाट सम्मानित हुनु भएका पोखरा सार्बजनिक पुस्तकालय तथा बन बिज्ञान अध्ययन सस्थानका लाईब्रेरियन सुर्य क्षेत्रीलाई बधाई तथा शुभकामना दिनु भयो ।

स्वागत मनतव्य सस्थाका अध्यक्ष प्रा.डा. विश्व श्रेष्ठले गर्नु भएको थियो । सम्मानित ब्यक्तिवबारे सक्षीप्त जानाकारी सस्थाका सदस्य सचिब तथा गण्डकी मेडिकल कालेजका लाईब्रेरियन अर्जुन श्रेष्ठले दिनु भएको थियो ।

कार्यसम्पादन समितिका सयोजक एवं पोखरा लेखनाथ महा नगरपालिका वडा नं. ५ का अध्यक्ष धनवहादुर नेपालीले हाल पोखरा लेखनाथ महानगर पालिकाको कार्यलय माटेपानीमा सार्ने कुरा चलीरहेको छ । यदी कार्यलय सर्यो भने हाल भईरहेको कार्यलयलाई पोखरा लेखनाथको नमुना पुस्तकालयको रुपमा स्थापना गर्नु पर्ने बताउनु भयो ।

उक्त कार्यक्रम पोखरा बिश्वबिद्यालयका उप लाईब्रेरियन दुर्गा प्रसाद आचार्यले गर्नु भएको थियो ।

Post Comment