एनआरएन अमेरिकाका लागि बुधवार दिउसोसम्म ३७ प्रतिशत मत खस्यो

एनआरएन अमेरिकाका लागि बुधवार दिउसोसम्म ३७ प्रतिशत मत खस्यो
जनसरोकार
एनआरएन अमेरिकाका लागि बुधवार दिउसोसम्म जम्मा ३७ प्रतिशत मत मात्र खसेको छ । निर्वाचन समितिका अनुसार दिउसो साढे १ सम्म (पुर्वी समय) जम्मा ५ हजार ४ सय ४ जनाले मत हालेका छन् । पुर्वी समय अनुसार वुधवार मध्येरातमा मतदान गर्ने समय सकिन्छ । यस आधारमा अव मत हाल्न केही घण्टाहरु मात्र बाकी छन् ।
एनआरएन अमेरिकामा कुल १४ हजार ५ सय १६ जना मतदाता छन् । अन्तिम समयमा मत हाल्ने क्रम वढ्ने अनुमान गरिएको छ ।
अहिलेको प्रारम्भिक अनुमानमा करिव १० हजारको हाराहारीमा मात्र मत खस्ने अनुमान छ । अनलाइन मार्फत मतदान भईरहेको छ । केहीले इमेलमा मतपत्र प्राप्त नभएको गुनासो गरेका छन् । धेरैको गुनासो नाम त मेरो हो इमेल मेरो होइन भन्ने रहेको निर्वाचन समितिका एक पदाधिकारीले वताए ।
३ दिन अघिसम्म पनि हामीले इमेल परिवर्तन गरिदिएका थियौं निर्वाचन संयोजक बन्दिता शर्मा दाहालले भनिन तर, मतदान शुरु भईसकेको अवस्थामा हामी इमेल परिवर्तन गर्न सक्ने स्थितिमा थिएनौं ।
मतदानको क्रममा थुप्रै विकृत्ति देखिएको अनुभव धेरैको छ । निर्वाचन समितिले पनि विभिन्न गुनासोहरु आफ्नो नोटिसमा आएको जनाएको छ । माछा बजार जस्तो वनाएर भोट हालिएको समेत गुनासो निर्वाचन समितिमा आएको पदाधिकारीले वताए ।
निर्वाचन समितिले विहिवार दिउसोसम्म नतिजा तयार पार्ने जनाएको छ । यसलाई कार्यक्रम गरेर सार्वजनिक गर्ने कि विहिबार नै गर्ने भन्ने टुंगो लागेको छैन् ।

Post Comment