खिम लामिछाने काजी, पोखरा, २४ भदौ /मुक्तककार गौरी तमुको पहिलो मुक्तक सङ्ग्रह ‘समैं दर्बानी’ शनिबारदेखि बजारमा आएको छ । शनिबार पोखरामा मुक्तक मन्च पोखराद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले कृतिको लोकार्पण गर्नुभयो । सरुभक्तसँगै मुक्तककार पिता टेकबहादुर गुरुङ र छलिमाया गुरुङले पनि कृतिको लोकार्पण गर्नुभएको थियो ।
मुक्तक मन्च पोखराको आयोजनामा शनिबार एक भब्य समारोहका बिच साहित्यकार गौरी तमु को मुक्तक सङ्रह “समै दर्बानी” सार्वजनिक गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका कुलपती सरुभक्त, सर्जकका पिता टेक बहादुर गुरुङ र माता छलीमाया गुरुङले कृतिको बिमोचन गरेका थिय ।
प्राग्य सरुभक्तले गुरुङ र खस भाषा गरी दुई भाषामा सँगै लेखिएको बहुभाषिक लेखन कलाले नेपाली साहित्यमा एतीहासिक महत्व राख्ने बताए । उक्त कृतिको समिक्षा गर्दै मुक्तक मन्च पोखराका सल्हाकार रुपिन्द्र प्रभावीले गौरिले मुक्तकमा गरेको दो भाषाको प्रयोग अनुकरणिय भएको बताए ।
जीवनवादी र समाजवादी यथार्थमा आधारित मुक्तक लेखेर आफ्नो विशेष पहिचान जमाउन गौरीले सफलता प्राप्त गर्ने आशा गर्दै प्रभावीले पोखराबाट प्रकाशित समैँ दर्बानीले नेपाली मुक्तकका क्षेत्रमै विशेष महत्त्व राख्ने बताउनुभयो ।
समयको दर्पण भन्ने अर्थ दिने ‘समैं दर्बानी’ले नेपालको पछिल्लो एक दशकको दर्पण उतारेको उहाँले बताउनुभयो । नवलपरासीमा जन्मेर साहित्य र सञ्चार क्षेत्रमा काम गरिसकेकी तमु हाल पोखरामा शिक्षणसँगै साहियित्क क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
गुरुङ साहित्यिक मन्चकी अध्यक्ष तमु नारी साहित्य परिषद् र गजल सन्ध्यासँग आबद्ध हुनुहुन्छ । नेपाल मुक्तक प्रतिष्ठान नेपालका महासचिव रमेश पौडेलले पोखरा मुक्तकका लागि अनुकरणीय भूमि भएको भन्दै गौरीले नेपाली समाजमा काम लाग्ने मुक्तक लेखेको बताउनुभयो । उहाँले नेपाली मुक्तकले फड्को मार्दै गएको भन्दै पोखराले त्यसमा इतिहास कायम गरेको बताउनुभयो ।
मुक्तककार गौरीले अबको लेखन परम्पराभन्दा भिन्न ढङ्गले अघि बढ्नुपर्ने विचारले कृति निकालेको बताउनुभयो । भाषा, साहित्य, कला नै हाम्रो पहिचान भएको बताउँदै मुक्तककार तमुले आफूले आफ्नो मातृभाषाका केही शब्द मात्रै भए पनि नयाँ पुस्ताका लागि समर्पण गर्न पाउँदा गौरवबोध भएको बताउनुभयो ।
मन्चकी अध्यक्ष सरला लामिछाने ‘सरु’को अध्यक्षतामा भएको कार्यव्रmममा चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफल, तमु धिँ नेपालकी अध्यक्ष कर्मा गुरुङ, स्रष्टाका पिता टेकबहादुर गुरुङ, नवप्रभात माविका प्रधानाध्यापक विजयराज भण्डारीलगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रमको सञ्चालन मन्चका उपाध्यक्ष प्रान्जलले गर्नुभएको थियो ।