ट्याक्सीमा प्रिन्टर मेसिन जडान

ट्याक्सीमा प्रिन्टर मेसिन जडान
जनसरोकार


काठमाडौँ -नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट््याक्सीमा कम्प्युटर बिलिङ प्रणाली ९प्रिन्टर मेसिन० जडान गरेको छ ।

विभागले ट््याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही पुस १७ गतेदेखि प्रिन्टिङ मेसिन जडान गर्ने कार्य शुरु गरेको हो ।

काठमाडौँ उपत्यकामा रहेका नौ हजार ७०० ट््याक्सीमध्ये आठ हजार ७०० ट््याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिनुभयो ।

विभागले २०७४ साल साउनसम्म उपत्यकाका सबै ट््याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकिने गरी काम गरेपनि यसमा भने केही ढिलाई भएको छ ।

प्रिन्टर मेसिन जडानको सिलसिलामा केही महिना अगाडि ट््याक्सी व्यवसायीसँग पैसा मागेको आरोपमा विभागको ट््याक्सी ट््याम्पो इकाइ प्रमुखसहित तीन जनालाई अख्तियारको टोलीले पक्राउ समेत गरेको थियो ।

अहिले दैनिक ५० देखि १०० को हाराहारी ट््याक्सीमा प्रिन्टर मेसिन जडान गर्ने काम भइरहेको महानिर्देशक पुडासैनीले बताउनुभयो ।

प्रिन्टर मेसिन जडान गर्दा पाँचदेखि आठ हजारसम्म खर्च लाग्ने गरेको छ । विभागले आम ट््याक्सी चालकलाई आफ्नो ट््याक्सीमा प्रिन्टर जडान गर्न तथा सेवाग्राहीलाई बिल लिएर मात्र यात्रा गर्न आग्रह समेत गरेको छ ।
समयमा ट््यक्सीमा प्रिन्टर मेसिन जडान नगर्ने ट््याक्सी चालकलाई ट््याक्सी चलाउन रोक लगाउने विभागले जनाएको छ ।

Post Comment