स्वर सम्राट बन्लान भनेको चोर सम्राट बने: गायक तथा पुराना सर्जक शिव नारायण जोशी

स्वर सम्राट बन्लान भनेको चोर सम्राट बने:  गायक तथा पुराना सर्जक शिव नारायण जोशी
जनसरोकार

काठमाण्डौ । काठे लोक दोहोरी गितका पुराना सर्जक तथा गायक शिव नारायण जोशी यतिबेला विभिन्न सन्चार माध्यमहरुलाई आफ्ना अधिकाम्स गितहरु पछिल्लो पुस्ताका कलाकारहरुले बिना अनुमती हुबहु कपि गरेर निकालेकोमा आबाज उठाइदिन आग्रह गरिरहेका छन। “नयाँ युवा पुस्ताको लोकदोहोरी मा लगाभ हुनु लाइ राम्रो मानिरहेको थिय, तर स्वर सम्राट बन्लान भनेको चोर सम्राट बने” सर्जक शिव नारायण जोशी भन्छन।जुगल फिल्स प्रा.लि बाट बजारमा आयको गित बनैमा बनचरी र तिलको अचार उनै पुराना गायक शिवनारायणको रहेछ भन्ने थाहा पाएछि केही समय अघि दर्शक श्रोताहरुले सामाजिक सन्जाल बाट भन्डाफोर अभियान नै चलाएका थिए। यस्तै कार्य गरेको देखेपछी यतिबेला पुराना श्रस्ठा सर्जक शिवनारायण जोशी आफुलाइ अन्याय भएको महशुस गर्दै क्षतिपुर्ती असुल उपर गराउन मुद्दा दर्ताको प्रक्रिया रहेको बताउछन।
यसै क्रमामा फेरि पनि उनै सर्जक शिवनारायण जोशि अनि गायिका गिता देविको आबाजमा रहेको निकै पुरानो गित सालि भेनाको ठट्यौली ‘लौन हो’ बोलको चर्चित गित जुगल फिल्म प्रा. लि मार्फत हुबहु कपि गरि ‘ठोक मादल लौन हो’ बनाईएको तथ्य सहित दर्शक श्रोताहरुले सामाजिक सन्जालमा सेयर गरिरहेका छन। केही समय पहिला गायक सरोज लामिछानेले पुराना गितहरु बाट हुबहु कपि गरि दर्सक श्रोताको आखामा छारो हाल्दै पुराना सर्जक हरुको नाम मेटाउने कार्य गरेको प्रमाण सहितका समाचार विभिन्न समाचार माद्यममा छायको थियो। तर आम सन्चार माध्यमको गलत फाइदा उठाउदै यति बेला काले काले मिलेर खाउ भाले भने झै कलाकारहरु लागिरहेको दर्सक श्रोताले बताउछ्न । अनेकौं नारा सहित लोक गित सङितको जगेर्ना गर्न, बिक्रीती बिसङती लाई रोकथाम गर्न भनि खोलिएका विभिन्न संघ सगठन र , सस्थाहरु यो बिसयमा आफ्नो संगठनको धारणा सार्बजनिक गर्न डराइ रहेका छन। आखिर यि र यस्ता कार्यहरु कलाकारको अर्को अतिरक्त कला अन्तर भित्र पो पर्ने रहेछ कि ?भन्ने जिज्ञासा जागेको छ, सबैलाइ सुहाउँदो देखियको छ। यस्ता गतिविधि बाट टाढा रहेर मिहेनत गरि सबैको मन छुने मौलिक भाकाहरु बनाउने, गाउने अन्य कलाकारहरु पनि यो बारेमा मौन रहनुले समग्र लोक दोहोरी क्षेत्रमा कस्तो नजिर बस्दै छ भन्ने सहजै अनुमान गर्न सकिन्छ।
हेर्नुहोस ओरिजिनल र डुब्लिकेट गित:

https://youtu.be/-mr07kaCZrc

Post Comment