दक्षिण कोरियामा बुद्धको मुर्ति प्रतिस्थापन गरिएको छ। दक्षिण कोरियाको ख्यंगी प्रान्तमा रहेको ऐतिहासिक वाउछङ्सा बौद्ध गुम्बामा बुद्धको मूर्ति एक बिसेस कार्यक्रमका बिच कोरियाका लागि नेपाली राजदुत अर्जुन जङ्बहादुर सिंह को प्रमुख अतिथि त्व मा स्थापना गरिएको छ्। उक्त कार्यक्रम मा बोल्दै राजदुत सिंहले बुद्ध नेपालमा जन्मेका हुन भनेर चिनाऊनको निम्ति यति ठुलो कार्यक्रम गरि सफल बनाएकोमा उक्त कार्यक्रम को संयोजन गरेको नेपाल सम्पर्क समिति का साथै सहकार्य गरेको बौद्ध परिवार कोरियालाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
त्यसैगरि यस्तो महत्वपूर्ण कार्यक्रममा कोरिया मा रहेका सम्पुर्ण नेपालिको साथ र सहयोग रहेको भन्दै नेपाल सम्पर्क समिति कि अध्यक्ष एवं उक्त कार्यक्रम कि संयोजक अन्जु के. सि ले सम्पूर्ण कोरियावासि नेपालिलाई आभार व्यक्त गर्नु भएको थियो । ऊहाँले भन्नुभयो सुरुमा कार्यक्रम असफल बनाउन ठुलै कसरत गरिएको हुदा कार्यक्रम सफल हुदैन कि भन्ने डर लागेको थियो आज सम्पन्न गर्न सफल भएकोमा एकदम खुसि छु भन्नु भयो।ऊहाँले काम गर्ने क्रममा बिभिन्न कठिनाई आईपरेपनि ति कठिनाईको सहजिकरण गर्दै यहाँ सम्म आएर कार्यक्रम सफल पारियो भन्नु भयो।
पछिल्लो समयमा भारतले बुद्ध आफ्नो देशमा जन्मेका हुन भनेर भ्रामक हल्ला फिंजाई रहेको अबस्थामा भगवान गौतम बुद्ध को जन्म नेपालमा भएको थियो भनेर विश्व जगतलाई चिनाऊनको निम्ति पनि उक्त प्रतिमा स्थापना गरिएको हो ।! !
यहाँ क्रियाशिल नेपाली सम्पर्क समिति(एनसिसी) कोरियाको संयोजन ,नेपाली राजदुतावास को संरक्षकत्व र नेपाल बौद्ध परिवारको सहकार्यमा विभिन्न संघसंस्थाहरुको अगुवाइमा नेपालबाट मुर्ती ल्याएर स्थापना गरिएको हो। तामाको प्रयोग गरी बनाइएको ९ फिट अग्लो बुद्ध मूर्तिलाई नेपालका मुर्तिकारहरुले बनाएका हुन्।
भगवान बुद्धबारे बिश्व समुदाय माझ भ्रम फैलिएको र कोरिया मा भ्रम हटाउन कोरियामा रहेका नेपालीहरुको सक्रियतामा बुद्धको प्रतिमा यहाँको प्रसिद्ध गुम्बामा स्थापना गरिएको कार्यक्रम संयोजन पक्ष लेजानकारी गराएको छ । सम्पुर्ण कार्यक्रम को संयोज कत्व गरिरहनु भएकि एनसिसि अध्यक्ष अन्जु केसि का अनुसार उक्त मूर्ति कोरियासम्म ल्याउन र मुर्ति राखिएको गुम्बाको व्यवस्थापन समेतका लागि हालसम्म ५ करोड कोरियन वन खर्च भएको छ।
गत महिना नेपाल बाट कोरिया ल्याइएको मूर्तिलाई मे १२ मा सिओलमा आयोजित अन्तर्राष्ट्रिय शान्ति पदयात्रा र्यालि मा नगर परिक्रमा गराइएको थियो। उक्त मुर्तिको स्थापनाले यहाँ आउने वौद्धमार्गीहरुमा बुद्धको जन्मस्थानबारे स्पष्ट जानकारी हुने र नेपालको पर्यटन विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको संयोजक केसीले बताइन्।