जेठ, पोखरा । “मुक्तकको उत्थान, हाम्रो अभियान” भन्ने आदर्श वाक्य लाई आत्मसाथ गर्दै मुक्तक मन्च पोखरा द्वारा राष्ट्रिय मुक्तक पुरस्कार प्राज्ञ सरुभक्त श्रेष्ठलाई अर्पण गरियो । साथै १२१औ मुक्तक वाचन श्रीङ्खला पोखरा उद्योग बाणिज्य सँघको अमृत कक्षमा सम्पन्न भयो । मुक्तक मन्च पोखरा द्वारा सन्चालित एबम साहित्यकार बिष्णु अल्पबिराम द्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट सरुभक्त पुस्कृत भएका हुन ।
साहित्यकार संगीत तथा नाट्य प्राज्ञ प्रतिस्ठानका कुलपती सरुभक्त श्रेष्ठलाई राष्ट्रिय मुक्तक पुरस्कार प्रदान गरियो ।
नेपाली मुक्तकको बिकासमा मह्त्वपूर्ण योगदान पुर्याएको हुनाले कदर स्वरुप यो पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कारको राशी २२ हजार २ सय २२ रुपैया, ताम्रपत्र र दोसल्ला सहित प्रदेश न ४ का प्रमुख बाबुराम कुँवरले सरुभक्तलाई पुरस्कार अर्पण गरे ।
पुरस्कार स्थापना गर्ने मुक्तककार अल्पबिरामले सरुभक्त जस्ता ब्यक्तीलाई सम्मानित गरेर निरन्तर पुरस्कारको ओज राख्दै जानु पर्ने बताए । श्रस्टा छनौट समिती सम्योजक दिपक समिपले पोखरेली मुक्तकको जग बसाल्ने देखी नेपाली साहित्यमै महत्वपूर्ण योगदान पुर्याएका सरुभक्तलाई सम्मान गर्न पाउदा सस्था आँफै सम्मानित भएको महसुस गरेको बताए ।
सम्मानित ब्यक्तिव सरुभक्तले आफ्नै आगनमा सम्मानित हुनु पाएकोमा गौरवान्तित भएको बताए । उनले पोखरेली साहित्यका सुरुवाती दिनका अनुभवहरु समेत सुनाए ।
प्रदेश प्रमुख कुँवरले सरुभक्त नेपाली साहित्य कै मानक भएको बताए । सरुभक्तका उपन्यास देखी बिभिन्न साहित्यसँग आफु नजिक रहेको बताउदै आज उनैलाई पुरस्कार प्रदान गर्न पाउदा अत्यन्तै खुशी लागेको बताए ।
उक्त कार्यक्रममा कवि तिर्थ श्रेष्ठले सरुभक्त अरुले नहिंडेको बाटो हिंड्न सक्ने साहित्यकार भएको बताए । “चालु शैली र बिषय लेख्ने साहित्यकार हुन । हाम्रो पुस्ताको देवकोटा भनेको सरुभक्त हो” । उनले अगाडि थपे “सुरुभक्तलाई पोखरामै सम्मान गर्न पाउनु पोखरेली नै भाग्यमानी भएको बताए ।
मुक्तक मन्चका अध्यक्ष प्रान्जलले मुक्तक मन्चले नेपाली मुक्तकको उन्नयनमा प्रमुख भूमिका खेल्दै आएको बताए । त्यसमा आज एउटा इटा थपिएको बताए । यो पुरस्कारबाट यसअघी कृष्ण प्रसाद पराजुली र रत्नशम्शेर थापा सम्मानित भईसकेका छन ।
प्राज्ञ सरुभक्तलाई राष्ट्रिय मुक्तक पुरस्कार (फोटो फिचर)
![प्राज्ञ सरुभक्तलाई राष्ट्रिय मुक्तक पुरस्कार (फोटो फिचर)](https://usnepalnews.net/wp-content/uploads/2018/06/IMG_1249-800x450.jpg)