१५औ बिश्व रक्तदान दिवसको अवसरमा ५३ पटक रक्तदान गर्ने तिर्थ अवस्थी रक्तदान बारे भन्नुहुन्छ (भिडियो)

१५औ बिश्व रक्तदान दिवसको अवसरमा ५३ पटक रक्तदान गर्ने तिर्थ अवस्थी रक्तदान बारे भन्नुहुन्छ  (भिडियो)
कुराकानी जनसरोकार भिडियो समाज स्वास्थ्य

पोखरा जेठ । १५औ बिश्व रक्तदान दिवसको अवसरमा रक्तदान अभियन्ता तथा साइकल यात्री तिर्थ राज अवस्थीसंग रक्तदान सम्बन्धि गरिएको कुराकानी । अवस्थीले हाल सम्म ५३ पटक रक्तदान गरिसकेका छन । उनले आफ्नो हातमा नै ब्लड डोनेसन लेखिएको टाटु कोरेका छन । एक स्वस्थ मानिसले १८ बर्षको उमेर कटेपछी ६० बर्षको उमेर सम्म रक्तदान गर्न सक्छ । रक्तदान गर्नको लागि तौल ४५ केजी हुने पर्ने र लामो समय औषधि सेवन गरेको हुनु नहुने भन्ने जानाकारी दिए । त्यस्तै रक्तदान ५-२० मिनेट आराम गर्नुपर्छ। कहिलेकाहीँ रक्तदान गरेपछि रिङ्गटा लाग्न सक्छ, होस गुम्न सक्छ। यस्तो अवस्थामा जुरुक्क उठ्ने प्रयास गर्नु हुँदैन। कोल्टे फर्केर आराम गर्नुपर्छ। गोडा अलि माथि उठाउने वा गोडामुनि सिरानी राखेर सुत्नुपर्छ। रक्तदान गरे पश्यात जुस, जीवन जल, पानी जस्ता तरल पदार्थ प्रसस्त पिउनुपर्छ। भन्ने कुराको जानकारी दिए ।

Post Comment