पोखरा, असार । “पोखरा सबै मौसमका लागी” भन्ने नारा सहित १५ असारे रोपाइँ महोत्सव हरेक बर्ष पोखरा पर्यटन परिषदले गर्दै आएको छ ।
यसै अवसरमा १५औ रोपाइँ महोत्सव पोखरा महानगरपालिका वडा न २३, पामेमा सप्पन गरियो । पोखरा पर्यटन परिषद्ले फेवाताल पारि पामेको ४ रोपनी खेतमा महोत्सव आयोजना गरेको हो । महोत्सवमा हिलो खेलेर स्वदेशी एवं विदेशी पर्यटक रमाए ।
प्रमुख अथिति पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल तथा प्रदेश न ४ का सभासद राजिब पहारी, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, पोखरा महानगरपालिका वडा २३ का अध्यक्ष लगाएत पोखरा पर्यटक परिषदका अध्यक्ष तथा सम्पूर्ण पदाधिकारीहरु, पर्यटन उद्योगसंग सम्बन्धि सम्पूर्ण ब्यबसायीहरु, आमा समुहहरु, स्थानीय क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
खेतको आलीमा बसेका बाउसे र रोपाहारको गीतमा मग्न हुदैँ पर्यटक हिलोमा छ्यापाछ्प गरेका थिए । विदेशी पर्यटक हिलोले चिन्नै नसक्ने भएका थिय ।
पर्यटक हिले दौड, रोपाई प्रतियोगिता, रसितान्ने प्रयोगिता, हिलोमा माछा समाउने प्रतियोगिताहरु कार्यक्रममा समाबेश गरिएको थियो भने थुप्रै स्वदेशी एबम विदेश पर्यटकहरु प्रतियोगितामा भाग लिएका थिय।
विदेशी पर्यटकहरुले नेपालको नाम सुने पनि असारे रोपाईको बारेमा जानकारी नभएको तर प्रत्यक्ष हेर्न पाउदाँ भने खुशी लागेको बताए ।
खुल्ला पुरुष र महिला, पत्रकार पुरुष र महिलाको पनि हिले दौड प्रतियोगिता भयो । महोत्सव उद्घाटन गर्न पुगेका प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल खेतमै पसेर हल गोरु नारे ।
हिलोमा साउने लाउने क्रममा हल गोरु दौडिँदा उनी हिलोमा पछारिन पुगेका थिए । प्रदेश सांसद राजीव पहारी पनि साउने लगाउन खेत पसेका थिए । परिषद्काउ अध्यक्ष केदारनाथ शर्माले नेपालको परम्परागत कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य भएको बताए ।
महोत्सवले खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिप्रेरित गर्न सहयोग पुर्यायउने उनले जनाए । कास्कीका उत्कृष्ट कृषकलाई परिषद्ले सम्मान गरेको छ ।
खेतको आलीमा बसेरकाहरुलाई हिलो छ्याप्दा छेउमा वस्नेहरु भागदौड गर्दा बातावरण निकै रमाइलो बनेको थियो । सहरी क्षेत्रमा रहेका खेती योग्य जग्गा प्लटिङ गरेर घडेरीमा परिणत भएपछि असारको महत्व हराउने होकी भन्ने चिन्ता कार्यक्रममा सबैले व्यक्त गरे ।
असार १५ मा रोपेको धानको महत्व अन्य भन्दा भिन्न भएको धार्मिक मान्यता छ । असार १५ मा नै रोपेका धानलाई पुजामा प्रयोग हुने आर्चाय गंगाधर उपाध्यले बताए ।