भोलेन्टिएर ट्रेनिङ प्रोग्राम आर्ट अफ लिभिङ पोखरामा (फोटो फिचर)

भोलेन्टिएर ट्रेनिङ प्रोग्राम आर्ट अफ लिभिङ पोखरामा (फोटो फिचर)
जनसरोकार समाज स्वास्थ्य


पोखरा, आसाढ । आर्ट अफ लिभिङ पोखराको आयोजनामा भि टि पि पि आर इ – टि टि पी अथार्त भोलेन्टिएर ट्रेनिङ प्रोग्राम सम्पन भयो । उक्त प्रोग्रामको अन्तिम दिनमा आर्ट अफ लिभिङ नेपालका कन्ट्री कोर्डिनेटर सन्तोष केडिया र भि टि पि पि आर इ – टि टि पी इन्टेरनेश्नल टिचर मित्रा दिदीलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो ।


साथै आर्ट अफ लिभिङ पोखराका टिचरहरु सौमाया गुरुङ भट्टराइ, टिका प्रसाद ढुङेल, महेश्वर गिरी तथा डि डि सि कोर्डिनेटर नरेश श्रेष्ठ, डि डि सि मेम्बर बाबुराम बराल, बिश्वराज गौतम लाई सम्मान गरियो । त्यसैगरी पहिल्यै भि टि पि पि आर इ – टि टि पी अथार्त भोलेन्टिएर ट्रेनिङ लिइसकेका आर्ट लिभिङका सदश्यहरुलाई सम्मान गरियो ।


उक्त अबसरमा सहभागीहरु बाट न्रित्य, गजल वाचन तथा नाटक प्रस्तुत गरिएको थियो । आर्ट अफ लिभिङ पोखराले ग्रान्ड सतसँङ प्रस्तुत गरेको थियो ।

भोलेन्टिएर ट्रेनिङ प्रोग्रामका सहभागीको तर्फबाट बोल्दै इच्छा लम्सालले आफु यो स्टेजमा आएर बोल्न सक्नु नै भोलेन्टिएर ट्रेनिङ प्रोग्रामको उपलब्धी रहेको बताउनु भयो । भोलेन्टिएर ट्रेनिङ जिबनमा एक पटक सबैले लिने पर्ने रहेछ भन्ने कुरा लम्सालले बताउनु भयो ।

उक्त अबसरमा बोल्दै आर्ट अफ लिभिङ नेपालका कन्ट्री कोर्डिनेटर सन्तोष केडियाले भोलेन्टिएर ट्रेनिङ लिए पछी आत्म विश्वास बड्ने, ब्रित्ती बिकास हुने र जिबनमा सफलता प्राप्त हुने कुरा बताउनु भयो ।


त्यसैगरी भि टि पि पि आर इ – टि टि पी इन्टेरनेश्नल टिचर मित्रा दिदीले “आर्ट अफ लिभिङ भनेको नै श्वस्थ र असल जिबन जिउने कला हो” भन्नु भयो । हामी बाहिर सुन्दर भएर मात्रै हुँदैन, भित्री सुन्दरताको लागि मान्छे असल आचरणले युक्त हुनु पर्दछ । मान्छेलाई असल र ज्ञानी बनाउनकोलागी आर्ट अफ लिभिङ सस्था जन्मेको हो । ध्यान, भक्ती, साधाना, सेवा र सतसँङले मानिसलाई असल बनाउदै लैजान्छ मित्रा दिदीले भन्नु भयो ।


त्यसैक्रममा आर्ट अफ लिभिङ पोखराका टिचर सौमाया गुरुङ भट्टराइले मानिसहरुलाई असल बनाउनको लागि ह्यप्पीनेस कोर्स, एडभान्स कोर्से, भोलेन्टिएर ट्रेनिङ प्रोग्राम तथा ध्यान, भक्ती, साधाना, सतसँङ सेवाका कार्यक्रमहरु गरिरहेको बताउनु भयो ।

Post Comment