दारी ग्याङ पोखराले फेवातालको जलकुम्भी झार निकाल्यो (फोटो फिचर)

दारी ग्याङ पोखराले फेवातालको जलकुम्भी झार निकाल्यो (फोटो फिचर)
जनसरोकार समाज

पोखरा, श्रावण । दारी ग्याङ पोखराले आज शनिबारको दिन फेवाताललाइ कुरूप बताउने जलकुम्भी झार निकालेर फेवाताल सर-सफाई अभियान सुरु गरेको छ ।

सामाजिक सञ्जाल मार्फत स्थापना गरिएको दारी ग्याङले यस अघि पनि पटक पटक प्रत्येक बर्षा याममा फेवातालबात जलकुम्भी झार निकाल्ने गरेको थियो ।

दारी ग्याङ पोखराका ७० भन्दा बढी सदस्यहरुले फेवातालको झलकुम्भी झार निकालेका छन ।

दारी ग्याङ पोखराका शेखर गौतमले फेवाताल समरक्षण गर्न भनी थुप्रै संघ-सस्थाहरु रहेका छन तर ताललाइ सफाई गर्ने काममा सक्रियेता देखाउन नसकेको कुरा बताए ।

दारी ग्याङ पोखराले बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । वृहत रत्तदान,ग्रामिण स्कुलमा व्ह्वईटबोर्ड लगायत स्टेशनरी सामान वितरण लगायतका थुप्रै सामाजिक काम गरिसकेको दारी ग्याङमा हालसम्म १ लाख ४ हजार भन्दा बढि सदस्यहरु रहेका छन ।


आगामी दिनमा पोखराको चौपाया व्यावस्थापन गर्न यहाँका सरकारी निकायहरुलाई दबाब दिई सम्भावित सवारी दुर्घटना कम गराउने उदेश्य रहेको ग्यांगका सम्योजक बसन्त पहारीले जानकारी गराए ।

जलकुम्भी झार निकाल्न स्थानीय बासी, शसस्त्र प्रहरी, नेपाली सेना, बोर्ट ब्यबसायी समिति र दारी प्रेमीहरुको सहभागीता रहेको थियो ।

Post Comment