७ बर्षमा नै अलौकिक शक्ति ज्ञान पाएकी हाल काठमाडौंमा बस्दै आएकी नेपाली माता सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन्।
उनले अहिलेसम्म नेपालका नाम चलेका राजनीतिज्ञदेखि लिएर चर्चित कलाकार, उद्योगपतिहरु र पूर्वराजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायिका रेखा थापालगायतका दर्जनौ चर्चित अनुहारहरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी छिन्।
सर्वसाधारणहरुसमेत गरेर अहिलेसम्म झण्डै १३ लाख जनाको भविष्य हेरिसकेको बताउने सवितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन्। साथसाथै उनी अहिले देश विदेशमा नेपाली माताजीको नामबाट नै प्रख्यात छिन्।
माता केहि समय अघि देखि काठमाडौँबाट बाहिर थिइन्। उनी आफ्नो जन्मथलो इटहरीमा गएकी थिइन्। केहि समय उनको शरीरले आराम चाहेकोले पनि उनी आफ्नो घर गएको उनले बताइन्।
अहिले उनी पुन: काठमाडौँ आइसकेकी छिन्। फेरी उनको व्यस्तता पहिलाको जस्तै भइसकेको छ। उनको घरमा भविष्यवाणी गराउन आउनेको भिड नै छ। केहि रकम लिएर उनले भविष्यवाणी हेर्दिने गरेकी छिन्।
माताजीको हालसालैको भविष्यवाणी अनुसार , ‘ संबिधान सभाको संसद भवन पनि ठिक ठाउँमा छैन २०६४ साल देखि मैले यो कुरा भन्दै आएको छु,त्यही भएर किच किच बढी पर्छ, मिटिंग राखे पनि वार्ता सफल हुँदैन, बालुवाटार प्रधानमन्त्रि बस्ने ठाउँ पनि ठिक ठाउँमा छैन, यी दुई वटा ठाउँहरु अशुभ छन्। ‘
लामो समय देखि अरुको भिविष्य हेर्दै आए पनि उनलाई भिडियोमा गालीगलौज गर्नेको पनि एक जमात छ। त्यस्तो नकारात्मक कमेन्ट गर्नेलाई माताजीले आक्रोश हुदैँ भनिन् ,’ भविष्यवाणी गर्दिदा, तपाईको यस्तो उस्तो हुन्छ भंदिदा किन आक्रोश पोख्नु हुन्छ, किन गालीगलौज गर्नु हुन्छ। यो त मेरो पेशा हो। मैले कसैलाई ठगेको छैन। कसैको केहि बिगरिदिएको छैन।