राम्रो काम नगर्ने ठेकेदारलाई १० बर्ष जेल

राम्रो काम नगर्ने ठेकेदारलाई १० बर्ष जेल
जनसरोकार

गुणस्तरहीन काम ठेकेदारलाई १० वर्ष कैद सजाय हुने भएको छ ।

आगमी भदौ १ गतेदेखि कार्यान्वयनमा आउन लागेको अपराध (संहिता) ऐन २०७४ मा गुणस्तरहीन काम गर्ने ठेकेदारलाई कारवाही गर्ने व्यवस्था उल्लेख छ ।

अपराधसंहिताको दफा २५० को उपदफा (१) मा भनिएको छ–

‘निर्माणसम्बन्धी काम वा अन्य कुनै काम गर्ने जिम्मेवारी लिएको व्यक्तिले वा निजको तर्फबाट काम गर्ने कुनै व्यक्तिले बेइमानीका नियतले निर्धारित मापदण्ड वा गुणस्तरको माल प्रयोग नगरी वा प्रयोग हुने मालको परिमाणमा घटीबढी पारी वा अन्य कुनै किसिमबाट निर्धारित गुणस्तरभन्दा फरक पारी निर्माण कार्य वा अन्य काम गर्न वा गराउन हुँदैन ।’

सोही दफाको उपदफा (२) मा सजायसम्बन्धी व्यवस्था छ ।

सो उपदफामा भनिएको छ–

‘उपदफा १ बमोजिमको कसूर गर्ने व्यक्तिलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।’

यस्तै उपदफा (३) मा तोकिएको भन्दा फरक गुणस्तरको माल, वस्तु वा सेवा उपलब्ध गराउने व्यक्तिलाई पनि सजाय हुनेछ ।

उपदफा (४) मा भनिएको छ–

‘उपदफा (३) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’

Post Comment