साउदी जेलमा रहँदा बाथरुमको पानी खाएर बाँचेका प्रेम अहिले काठमाण्डौमा यस्तो हालतमा ( दर्दनाक भिडियो सहित)

साउदी जेलमा रहँदा बाथरुमको पानी खाएर बाँचेका प्रेम अहिले काठमाण्डौमा यस्तो हालतमा ( दर्दनाक भिडियो सहित)
जनसरोकार

इलामको माइनगरपालिका ४ का प्रेमबहादुर राई अहिले नेपालमा छन् । उनि साउदी अरबमा दुई बर्ष ६ महिनाको जेल जीवन बिताए नेपाल आएका हुन् । सन् २०१२ मा साउदी पुगेका राई सन् २०१६ मार्चमा जेल चलान भएका थिए । काम गर्ने कम्पनीको सामान चोरी भएपछि राईलाई नै दोषी ठहर गर्दै अदालतले जेल  चलान गरेको थियो ।

उनी कार्यरत कम्पनीले आफ्नो सामानको बिगो भराइपाऊँ भनि निवेदन दिएको थियो । कम्पनीले दिएको निवेदनमा अदालतले प्राइभेट राइट अन्तर्गत तीन लाख १० हजार रियाल झण्डै ९५ लाख रुपैयाँ  बुझाउनु पर्ने फैसला गरिदिएपछि उनी संकटमा परेका थिए । जेलमा बस्दा उनले चरम यातना सहन परेको थियो ।

जेलमा रहँदा उन निकै चरम यातना सहन परेको थियो । आफुले सौचालयको पानी पिएर जेल जीवन बिताएका अनुभव उनले सुनाएका छन् । राईले जेलमा रहँदा आफुमाथी भएको यातनाले अहिले पनि पिडा दिएको बताउछन् । राइले साउदी जेलमा रहँदा भोगेको समस्या र साउदीमा कार्यरत नेपाली कामदारले अपनाउ पर्ने सावधानीको बारेमा कुराकानी थप यो भिडियोमा ।

[youtube https://www.youtube.com/watch?v=EIpgYZm4uMk]

Post Comment