अखिल क्रान्तिकारी प्रदेश-४ ले समाजमा बलत्कारका घटना बढ्दै गईरहेको बेला अश्लील तस्बीर प्रकाशन गर्ने गरेको भन्दै शुक्रबार साप्ताहिक जलाएको छ ।
रिपब्लिक मिडियाबाट प्रकाशित शुक्रबारको मध्यपृष्ठमा मोडल लक्ष्मी आचार्यको उत्तेजक तस्बीर प्रकाशन भएपछि आक्रोशित हुदै संगठनले सो पत्रिका जलाएको हो ।
पत्रपत्रिकाले यस्ता तस्बिरलाई स्थान दिदाँ समाजमा बिकृती भित्रेको र बलत्कारलाई बढवा दिने काम भएको भन्दै संगठन शुक्रबार पत्रिका जलाएको अखिल क्रान्तिकारी प्रदेश ४ संयोजक क्षितिज सापकोटाले जानकारी दिए ।
“हामीले भर्खर मात्र एउटा साप्ताहिक पत्रिका जलाएका छौं,जुन पत्रिकाले महिलालाई नाङ्गै फोटो बनाएर छापेको छ र यो समाजमा पठाएको छ । हामिलाई यो पनि थाहाँ छ कि पत्रिका जलायो भने मुद्दा लाग्छ । तर हामि समाजका भित्रने बिकृति रोक्न जस्तो सुकै मुद्धा र वाधालाई चुनौती दिन सक्छौं ‘, उनले भने ।
‘समाजलाई परिवर्तन गराउनको लागि अफ्हरु जस्तोसुकै हजारौ मुद्दा खेप्न पनि तयार छौं’ क्रान्तिकरीका केन्द्रिय सचिव समेत रहेका सापकोटाले भने : ‘आउदा दिनहरुमा यस्ता अश्लील सामाग्री प्रकाशन गर्न नरोके सम्पादकहरुलाई भौतिक कारवाही समेत गर्ने छौं’