आपत्कालीन सेवामा खटिनुपर्ने एम्बुलेन्सको परिभाषित काम र जिम्मेवारी नै हो । तर बेला बेलामा एम्बुलेन्सको चरम दुरुपयोग हुँदै आएको छ ।
एम्बुलेन्सबाट गाँजा तस्करी, अस्पतालका कर्मचारी बोकेको, वनभोजमा प्रयोग गरेको, युवायुवती हिउँ खेल्न जाँदा प्रयोग गर्दै आएको त सुनेकै थियौँ अब हुँदा हुँदा राजधानीमै एम्बुलेन्सबाट रक्सी ओसारपसार गर्न थालेको पाइएको छ ।
काठमाडौँको कलङ्कीमा अवस्थित रहेको सहिद मेरोरियल अस्पतालको एम्बुलेन्सबाट रक्सी ओसारपसार गरेको पाइएको हो । यो अस्पताल सहिद मेमोरियल जनस्वास्थ्य सहकारीद्धारा सञ्चालित अस्पताल हो ।
काठमाडौँको कलकीमा एकाबिहानै उक्त अस्पतालको बा १३ च २५२४ नम्बरको एम्बुलेन्स भित्रबाट रक्सीका कार्टुन बाहिर निकालिरहेका थिए । एम्बुलेन्सले खुलेआम रूपमा रक्सीका कार्टुनहरू लोड गरिएको दृश्य सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा निकै भाइरल बन्दै गएको छ ।
कलङ्कीकै न्यू सिर्जना टेडर्स पसलबाट उठाइएका ती रक्सीका काटूर्नहरु धमाधम एम्बुलेन्समा लोड गरिएका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।