नेपालबाट दिनहुँबिदेशीनेको संख्या बड्दो छ । बिदेश जादा एअरपोर्ट सम्म छोड्न जाने बाबुआमा, लिन एअरपोर्ट जान नसकेका धेरै घटना छ्न ।
आज बिहान करिब ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय एअरपोर्ट पुगियो तर अचम्म लाग्दो थियो एअरपोर्ट ।
एअरपोर्ट त कतै मेलामहोत्सवमा गएजस्तै लाग्दो थियो । म एअरपोर्टको अप्रेसन र बायुसेवा भवन अगाडि उभिरहेको थिए । त्यो भिड देख्दा एक्छिन हेरिरहु जस्तै लाग्यो, एक्छिन जताततै निहाले कोहि गाडीबाट सामान झार्दै छन, कोहि अङालो मार्दै रुदै त कोहि पिडा लुकाउन खोज्दै । त्यो भिड अनि त्यही भिडमा हराइरहेको म स् स्तब्ध थिए । मेरा आँखा रसाइरहेका थिए । मेरो हेर्ने भन्दा अर्को कुनै विकल्प थिएन । विभिन्न देशमा रहनु भएका दाजुभाइहरु नेपालीहरूका महान चाडको अबसर परेर नेपाल पाल्नु भएको र फर्किने क्रमले गर्दा यस्तो अचाक्ली भिड भएको होला भन्ने अनुमान गरे ।
एअरपोर्ट पुग्नुको कारण एअरपोर्टको अबस्था हेरेर त्यो भिडमा हराउनु थिएन । म आफ्नो काममा लागे,बिडम्बना मेरो काम पनि त्यहीँ बिदेश जाने आउने दुस्ख संगै जोडिएको थियो । घरको आर्थिक अवस्था सुधार्न बिदेश पलायन भएका केही दाजुभाइहरु सकुशल होइन किस काठको बाकासमा लास बनेर आएका छन, हो म पनि त्यही एउटा लासको प्रतीक्षामा बस्नुभएका केही आफन्तलाई भेट्न गएको थिए । ११:२० मा हवाइजाहज अवतरण भयो भनेर त्यहा राखिएको Digital बोर्ड मा देखायो ।लास लिनका निम्ति विभिन्न प्रकिया पूरा गर्नु पर्ने रहेछ । तिनै प्रक्रिया पूरा गर्दा गर्दै थाहा भयो आज अर्थात २०७५ साल कार्तिक २८ गते बिहान ११:२० बजे सम्ममा विभिन्न देशबाट हवाईजाहजमा ४ वटा नेपालीहरुको लास नेपाल आइसकेका रहेछ्न । त्यस्तो सत्यता सुन्दा मेरो सरिरका सिरिङ भयो ।
सबै प्रक्रिया पूरा गरियो लास लिनका निम्ति भित्रै सम्म ४ जना जानपाउने प्रबन्ध त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलले गरेको रहेछ । झोला बोक्ने २ क्यारियरलाई जोडेर त्यसमाथि काठको बाकासमा बन्द गरिएको त्यो लास देख्दा यो मन थाम्न सकिन । बरबर झरिरहेको आशु पुछ्दै बहिर निस्किए सबै जना त्यो लास हेर्दै हात निदारमा लादै थिए ९मन्दिरमा टादैबाट ढोग गरेजस्तै ० । बाहिर निस्किसक्दा सभ बोक्ने गाडी आइ सकेको थिएन ।
नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले कुनै पनि देशबाट ल्याइएको लासलाइ उक्त लासको घर परिवारले लान चाहेको ठाँउसम्म निशुल्क पुर्याइदिने प्राबधान सम्म भने गरेको रहेछ । हामी त्यही लास बोक्ने गाडिको प्रतीक्षामा थियौ नजिकै २ जना ९एक युबक र बृद्दा० आउनु भयो र रुदै सोध्नुभयो लास लिन के के गर्नु पर्ने रहेछ रु मेरो पनि सानो भाइ साउदीमा बितेर आज लास आउदैछ के गर्ने कसरी लिने केही थाहा छैन ।
हामिले प्रक्रिया बुजिसकेका थियौ त्यसैले सोध्यौ कति बजेको फ्लाइट थियो आउने कतिबजे भनेको थियो रु उहाले भन्नुभो ४ बजे, लास ल्याइसक्ने समय भएको थिएन तरपनी उहाहरुलाइ प्रक्रिया थाहा नभएको कारणले हामी संगै भएको एकजनालाई उहाहरुलाइ सबै प्रकिया बुझाइदिन पठायौ ।
दैनिक ५र७ वटा लास नेपाल भित्रिने गरेका तथ्य रहेछ्न ।
नेपाल बस्दैमा नमरिने भनेर भन्न खोजेको होइन तर देश मै राम्रो गर्न सक्नेहो भने दैनिक यस्तो घटना घट्ने क्रम कम हुनेथियो होला ।