पूर्व पत्नी ईशाले बोलीरहिन्:“रविले म संगै हुँदा पनि अरु दुईवटा महिलाहरु राखेको थियो ”

पूर्व पत्नी ईशाले बोलीरहिन्:“रविले म संगै हुँदा पनि अरु दुईवटा महिलाहरु राखेको थियो ”
जनसरोकार

रवि लामिछानेकी पूर्व पत्नी इशाले २५ बर्षअघि रवि र ईशाको बिहे भएको र उनीहरुको  २३ बर्ष र १५ बर्षका दुईवटी छोरी रहेको बताएकीछिन् । इशाले भनिन् “मलाई झुक्काएर र दबाब दिएर अस्ति मंसिरमा डिभोर्स गरायो । उसको दबाबका कारण म नेपाल आएर डिभोर्स पेपरमा साईन गरेर मंसिरको १० गते अमेरीकाका लागि उडेँ ।” उनले थप प्रष्ट पारिन  ।

रवि लामिछानेले आफुलाई मात्र नभई अरु महिलालाई पनि बबार्द पारेको उनको दावि छ । “मसंगै हुँदा पनि उस्ले अरु दुईवटा महिलाहरु राखेको थियो । एकजना अमेरीकी महिलाको नाम लैला सर्जाद हो । त्यो महिलातर्फ पनि रविको एउटा छोरो छ ।”

ईशाले मुख फोरिन, “म संग डिभोर्स गरेकै बेला निकिता पौडेलसंग ईङ्गेजमेन्ट गरेको छ ।” केही आत्तीएको भावमा उनले बोलीन सायद अब केही दिनमा बिहे गर्छ होला, उस्ले बिहे गरोस् मेरो कुनै गुनासो रहेन तर मलाई २५ बर्षसम्म किन चिटिङ गरिरह्यो । दुई दुई वटी छोरीको भविष्यमाथी खेल्यो किन खेल्यो ।”

निकिता पौडेल अर्थात चलचित्र विकास बोर्डकी अध्यक्ष, उनका वुवा उद्धव पौडेल गोपिकृष्ण हलका मालिक । निकिता संगको बिहेको कुरामा ईशाको यती जोड थियो कि उनी बबार्द भएर रविले यता अर्को लगनगाँठो पार्दैछन् जुन उनका लागि पिडादायक थियो ।

रविबाट आफुलाई अन्याय भएको भनीरहेकी ईशाले थपिन, “तपाईहरुलाई थाहा छैन, रविको असली रुप २५ बर्षसम्म मैले भोगेको छु ।” रविले अहिले गरिरहेको काम र उनको लोकप्रियताबारे जानकार ईशाले आफुलाई गरेको अन्यायबारे दुनियाले थाहा पाउनुपर्ने बताउदै थिईन् ।”

“रविले म संग गेम रच्यो ? म संग खेल्यो, मैले उसका लागि गरेको कुनै अर्थ नै भएन् ।” ईशाले बोलीरहिन्, “रविले आफ्नो परिवारलाई रुवाएर दुनियालाई भाषण दिएर हिँडेको छ ।” उनले भनिन् ।  “रविले पैसा दिएर मलाई डिभोर्सका लागि दवाव दिएको हो ।” केही महिनाअघिमात्र आफै डिभोर्स पेपरमा साईन गरेर जानुभएको होईन भन्ने प्रश्नमा उनको जवाफ । “तिमिहरुको ममिले डिभोर्स नदिए अमेरीकाको सबै घर मै लिन्छु, अनी तिमिहरुको बिजोग हुन्छ भनेर छोरीहरुलाई धम्कायो ।” उनले भनिन्, त्यसपछि मैले छोरीहरुको मुख हेरेर, उनीहरुको भविष्य सम्झेर मेरा खुसी डिभोर्स पेपरमा बन्धक राखेँ ।”

ईशासंग केहीदिनदेखी उनको समस्या र पिडाबारे कुरा चलीरहेको थियो । लेख लेख्नु अघिल्लो रात ईशाले माईतीमा रविले टर्चर दिन थालेकोे सुनाईन । “मेरो दाईलाई र परिवारलाई टर्चर दिएको छ, मैले मिडियामा बोल्न थालेँ भनेर ।” काठमाडौँको ज्ञानेश्वरमा छ उनको माईती ।

“न्युज नछाप्न भन्दै दाईले अहिले को को लाई फोन गर्दै बस्नुभएको छ ।” उनले भनिन् । उनले रवि र आफ्नो छोडपत्र गराउन चलचित्र बोर्डकी अध्यक्ष निकिता पौडेल, विज्ञापन व्यवसायी निर्मल पौडेल र रविका सहयोगी दिपक बोहोर हात धोएर लागेको बताईन् । “मलाई रातदिन च्याटमा रविलाई छाडि दे रविलाई छाडिदे भन्नेहरु यी नै हुन् ।” निकिता र दिपकतर्फ संकेत गर्दै उनले भनीन्, “उनीहरुले पनि पैसामा मलाई पन्छाउन लागि परेका हुन् ।”

Post Comment